Comments Add Comment

बुढानीलकण्ठ च्याम्पियन

७ भदौ, काठमाडौं । आयोजक नेपाल सितोरियो कराते डो संघ, उत्तरी भेग प्रमुख शाखा डोजो, बुढानीलकण्ठ प्रथम इन्डो-नेपाल खुला कराते प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । च्याम्पियन बुढानीलकण्ठले १२ स्वर्ण जित्यो ।

बुढानीलकण्ठमा भएको प्रतियोगितामा ९ स्वर्णसाथ भारत दोश्रो भयो । तेश्रो भएको हिम्सले ७ स्वर्ण हात पार्‍यो ।प्रतियोगितामा आयोजककै खेलाडी उत्कृष्ट चुनिए । पुरुषमा आशिष गुरुङ तथा महिलामा सुशीला उत्कृष्ट भए । थ्री स्टार एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

दुईदिने प्रतियोगितामा १ सय ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment