Comments Add Comment

चितवन सहायता कोष बेल्जियमको साधारण सभा

Belsiumबेल्जियम । चितवन सहायता कोष बेल्जियमको आठौँ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । ‘परोपकार नै मानवीय धर्म हो’ भन्ने मुल नाराकासाथ बेल्जियमको लुभेन कासाब्लाक्सा पार्कमा साधरणसभा सम्पन्न भएको हो ।
यसैगरी एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूङ तथा एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठका र एनआरएन बेल्जियम आईसीसी सदस्य श्रीमति जानकी गुरुङ बिशिष्ट अथितिको रुपमा थिए भने संस्थाका संस्थापक अधक्ष्य श्रीमती सीता सापकोटा र निबर्तमान अधक्ष्य श्री रामहरी घिमिरे संस्थाका संरक्षकको साथै उपस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू अतिथीको रुपमा रहेका थिए्र
कार्यक्रममा अध्यक्ष पार्वती अधिकारीले नेपालमा गएको बाढी पहिरोबाट बिपतमा परेका दाजुभाइ दिदीबहीनीको उद्दार तथा राहतका लागि कोषको तर्फबाट एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरिन् ।
एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूङले यसको स्थापनाको इतिहास बारे बताउँदै कोषले गरेका गतिबिधिको प्रसंशा गरेका थिए । बाढी पीडितको सहयोगार्थ गरिएको कार्यक्रमको टिकटबाट चिट्ठा र म्युजिकल चियर पनि संचालन गरिएको थियो ।
संस्थाकी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास बेल्जियमका द्वितीय सचिव लक्ष्मण खनाल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment