Comments Add Comment

डीपीटी खोपले बालकको मृत्यु

१७ भदौ, काठमाडौं । डीपीटी खोप लगाएपछि बिरामी भएका ६ महिनाका एक बालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जमा उपचारका क्रममा रहेका तेजबहादुर गजमेर र बिमला गजमेरका ६ महिनाका छोरा बिक्सन गजमेरको मंगलबार बिहान मृत्यु भएको हो ।

गत भदौ २ गते थापाथलीस्थित प्रशुती गृहमा डीपीटी खोप लगाएका बालक बेलुका घर पुग्ने वित्तिकैदेखि बिरामी भएका थिए । उनलाई साँझ पर्ने बित्तिकै ज्वरो आएको, त्यसको केही समयपछि शरीरभरि दादुराजस्तो ठेउला आएको र बच्चा सिकिस्त बिरामी परेको बिक्सनका ठूलोबुबा बाबुराम गजमेरले बताए ।

बिरामी भएका उनलाई महाराजगन्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले डीपीटी खोपको असर भएको, रगतमा इन्फेक्सन भएको जानकारी आफूहरुलाई गराएको बाबुरामले बताए ।

खोपको असरबारे आफूहरुले प्रशुती गृहमा जानकारी गराएर बालस्वास्थ्य महाशाखामा निवेदन दिएका थिए । महाशाखाका प्रतिनिधि चिकित्सकको उपस्थितमा स्वास्थ्य परीक्षण गर्दा डीपीटी खोपकै असर देखिएको चिकित्सकहरुले बताएका छन् ।

यता महाशाखाले पनि खोपको असर अनुसन्धान गर्ने र उपचारमा लाग्ने खर्च आफूहरुले बेहोर्ने बताएको बाबुरामले बताए । उनले भने -‘हामीले बालस्वास्थ्य महाशाखा टेकुमा उजुरी गर्‍यौ, त्यहाँका डाइरेक्टर श्याम राज उप्रेतीले बच्चाको राम्रो उपचार गर्नु भन्नुभयो । हामीले उपचार जारी राख्यो, बिहान बाबुको मृत्यु भयो । फोन सम्पर्क गर्दा उप्रेतीले आफूहरु खोपको असरका बारेमा अनुसन्धानमा रहेको र पीडितलाई राहत प्रदान गरिने आश्वासन दिएका छन् ।’
लहरेखोकी, धनुष्टंकार, भ्यागुते रोग, हेपाटाइटिस बी, निमोनियालगायतको संक्रमणबाट बच्न एक वर्षसम्मका बच्चालाई अनिवार्य लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment