Comments Add Comment

सिन्धुपाल्चोकको दाबीखोलामा सवा लाख डलर लुटपाट

१७ भदौ, काठमाडौं । काठमाडौंबाट चीनको खासा लैजाँदै गरेको अवैध अमेरीकी डलर तस्करहरुको एक समुहले लुटपाट गरेको छ ।

लुकाएर लैजाँदै गरेको १ लाख १० हजार अमेरीकी डलर सोमबार दिउँसो धुस्कुन गाउँ विकास समितिको दाबीखोला नजिकैबाट लुटपाट भएको थियो । राम्चको भिषण पहिरोले राजमार्ग अवरुद्ध भएपछि हिडेर बाह्रविसे जाँदै गरेका बाह्रविसे ५ का मकरबहादुर श्रेष्ठले डलर बोकेकेा थिए ।

सडक छेउमा लुकेर बसेका दुइ/तीन जनाको समुहले डलर लुटेर लगेको स्रोतको दाबी छ । राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने प्रहरीको आशंका छ ।

इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक जयश्वर रिमालले पनि डलर लुटपाट भएको सूचना आएको बताए ।डलर ल्याउने कार्य पनि अवैध भएकाले प्रहरी कार्यालयमा उजुरी नआएको रिमालले बताए । ‘ल्याउने पनि लुट्ने पनि दुवै गैरकानुनी हो, त्यसैले यसको उजुरी नआएको हुन सक्छ’ रिमालले भने ।

डलर लुटपाटपछि प्रहरी सक्रियता बढाएको र सूचना संकलन भइरहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment