Comments Add Comment

सिद्धार्थ बैंकले सेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने

३१ भदौ, काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७०/०७१ मा कमाएको नाफाबाट सेयरधनीलाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Siddhartha-bankबैंकको सोमबार बसेकोे २१७औं सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनश सेयर र ११ दशमलव १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको यो घोषणा नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।

घोषणा गरेको सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी दुई अर्ब तीन करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष पनि बैंकले १२ प्रतिशत बोनसर १० प्रतिशत नगद लाभांस दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment