Comments Add Comment

वार्षिकोत्सवको अवसरमा ओम फाइनान्सद्धारा रक्तदान र वृक्षारोपण

om finance१ असोज काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको ओम फाइनानस बुधबारदेखि १५औं वर्षमा प्रवेस गरेको छ । यस अवसरमा फाइनान्सले रक्तदान र वृक्षारोपण गरेको छ ।

कम्पनीले सञ्चालन गरेको रक्तदान कार्यक्रमबाट ६६ युनिट रगत संकलन भएको फाइनान्सका महाप्रवन्धक बुद्धि मल्लले जानकारी दिए ।

त्यसैगरी फाइनान्सले कास्की जिल्लाको कालिका गाविस वडा नं ४ स्थित जनज्योति मावि परिसरमा दुई सयवटा विरुवा रोपेको छ ।

फाइनान्सले वार्षिकोत्षवको अवसरमा असोज महिनाभर विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने महाप्रवन्धक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment