Comments Add Comment

बोगटीलाई १२ मीनेट मात्रै राखिएको जनमैत्रीको स्पष्टीकरण

१ असोज, काठमाडौं । एमाओवादी नेता पोष्टबहादुर बोगटीलाई जनमैत्री अस्पतालमा १२ मीनेटमात्रै राखिएको सो अस्पतालले जानकारी दिएको छ ।

‘उहाँलाई यस हस्पिटलमा भाद्र २६ गते ११ बजेर ३ मीनेट जाँदा आकस्मिक कक्षमा ल्याइएको र तत्काल इसीजी गरेर हेर्दा हृदयघात भएको ब्यहोरा स्पष्ट देखिएको हुँदा तत्कालै उहाँको अवस्था अनुसार ११ बजेर १५ मीनेट जाँदा नेपालको एकमात्र हृदयरोग अस्पताल गंगालाल अस्पतालमा सिफारिस गरिएको व्यहोरा जानकारी गराउँछौं ।’

अस्पतालका प्रवन्ध निर्देशक कृष्णप्रसाद शर्माले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । बोगटीको मृत्युको कारण बन्यो जनमैत्री अस्पताल शीर्षकको समाचार पूर्वाग्रही भएको भन्दै शर्माले खण्डन गरेको विज्ञप्तिमा जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment