Comments Add Comment

घुम्न जाँदा चाउचाउ कम खान राष्ट्रपतिको आदेश

noodle

आफ्नो देशका नागरिकहरुलाई विदेश घुम्न जाँदा राष्ट्रपतिले दिने सल्लाह कस्तो होला ? चीनका राष्ट्रपतिले आफ्नो देशका नागरिकलाई विदेश घुमफिर गर्दा चाउचाउ कम खान सल्लाह दिएका छन्

राष्ट्रपति सी जिनपिङले विश्वमा चिनिया पर्यटकहरुको बिग्रँदो छवि प्रति चिन्ता व्यक्त गर्दै विदेशमा पर्यटक भएर जाँदा आफ्नो छवि सुधार्न र त्यसका लागि तयारी चाउचाउ कम खान सुझाव दिएका हुन् ।

हालै माल्दिभ्स भ्रमणका क्रममा माल्दिभ्समा रहेका चिनिया नागरिकहरुसँग कुराकानी गर्दै सी ले भने, ‘यताउति मिनिरल वाटरका बोतल नफ्याँक्नुहोस्, यहाँका सामुदि्रक मुगा नष्ट गर्ने काम पनि नगर्नुहोस् ।’ सी ले थपे, ‘तयारी चाउचाउ कम खानुस् र सी फूड प्रसस्त खानुस् ।’

विश्वमा चिनिया पर्यटकहरु निकै छुच्चा, फोहोरी तथा अमानवीय रहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । आफ्ना नागरिकप्रति विश्वस्तरमा बनेको यस्तो नकारात्मक दृष्टिकोणका कारण देशकै छविमा असर पर्ने बुझाइ चीन सरकारको छ । गत वर्ष चीनका उपप्रधानमन्त्रीले समेत सार्वजनिक रुपमै यस्तो विचार व्यक्त गरेका थिए ।

आफ्ना पर्यटक नागरिकको बिग्रँदो छवीलाई सुधार गर्न चीन सरकारले गएको वर्ष चिनिया पर्यटकको लागि एक निर्देशिका नै बनाएको थियो । त्यसमा पर्यटक भएर जाँदा चिनिया नागरिकले गर्न हुने र नहुने विषय समेटिएको थियो ।

हरेक वर्ष १० करोड चिनिया नागरिकहरु पर्यटक भएर विभिन्न देशमा घुम्ने गर्छन् । त्यसक्रममा चिनिया पर्यटकहरु गन्तव्य मुलुकको संस्कार तथा भोजनमा रमाउनु भन्दा आफ्नै देशबाट चाउचाउ बोकेर जाने र सोही कुरा खाने गरेको टिप्पणी सुन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment