Comments Add Comment

‘एडल्ट’ सुमिना ‘यूनिभर्सल’ बन्दै

ranga-baijeni
निरन्तर चलचित्रमा आफ्नो जवानी देखाएर चर्चामा रहेकी सुमिना घिमिरेले अब भूमिका खोज्न थालेकी छिन् । ‘स्टार’, ‘नाईन ओ क्लक’, ‘अपि्रल फूल’ जस्ता सिनेमामा निक्कै हट अवतारमा देखिएर चर्चामा आउने उनको सोचाई पुरा भएन । चलचित्रमा जवानी देखाएर भन्दा पनि अभिनयका कारण दर्शकले मन पराउँछन् भन्ने वुझेकी सुमिना अहिले भूमिका परिवर्तन गर्दैछिन् । जसको उदाहरण ‘भिमदत्त’ र ‘रंग बैजनी’लाई लिन सकिन्छ ।

लगातार ‘एडल्ट’ सिनेमाकी नायिका बनेकी सुमिना अब भने ‘यूनिभर्सल’ बन्दैछिन् । उनले अभिनय गरेको चलचित्र ‘रंग बैजनी’ले चलचित्र सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ प्रमाणपत्र पाएको छ ।

शम्भु प्रधानले १२ बर्षपछि निर्देशन गरेको यो सिनेमामा गरिमा पन्त र दिकपाल कार्कीको पनि मुख्य भूमिका छ । नारी केन्दि्रत यो सिनेमामा गरिमा र सुमिनाको टकराव देख्न सकिन्छ । यो चलचित्र मंसिर १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment