Comments Add Comment

कर्मचारीको निलो पासर्पोट पनि दुरुपयोग !

५ कात्तिक, काठमाडौं । सरकारी अधिकृतले प्रयोग गर्ने नीलो पासपोर्ट दुरुपयोग आरोपमा सहसचिवसहतिका कर्मचारी छानबिनमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव सुनीलकुमार कर्णलगायतका अधिकारीमाथि छानबिन थालेको हो ।
कर्मचारीमाथि मानव तस्करीमा सहयोग गरेको आरोपमा अख्तियारले छानबिन थालेको हो । गैरसरकारी संस्थाको आवरणमा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशमा मानव तस्करी गर्दै आएका श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ गरेपछि उच्च तहका निजामती कर्मचारीहरुको संलग्नता भेटिएको नयाँ पत्रिकामा खबर छ । पाण्डेलाई हाल अख्तियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
छानबिनमा छानिएकाहरुमा हाल सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कर्णसहित उपसचिव विनोद खनाल, शाखा अधिकृत नारायण खतिवडालगायत करिब १२ कर्मचारी छन् । अधिकृत खतिवडा सहरी विकासमन्त्री नारायण खड्काका पिए हुन् ।
त्यस्तै ठोस फोहोर व्यवस्थापन प्राविधिक सहायता केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्यलगायतका कर्मचारीमाथि पनि छानबिन थालिएको अख्तियार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment