Comments Add Comment

द्वन्द्व निर्देशकको अनुभवः नन्दिता र झरना किक हान्न सिपालु

nandita-jharna

काठमाडौ । नाच्नमा निकै सिपालु छन् नन्दिता केसी र झरना बज्राचार्य । अभिनय पनि राम्रै गर्छन । सुन्दरतासँगै नृत्यमा पनि सिपालु भएकाले पनि होला यी नायिकाको प्रसंसक पनि धेरै नै छन् ।
तर, एक द्वन्द्व निर्देशकले यी सुन्दरीहरु नाचगानमा मात्र हैन, फाइटमा पनि निकै सिपालु रहेको खुलासा गरेका छन् ।
द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठको भनाइ अनुसार फिल्मी फाइटमा पनि राम्रो जानकारी राख्ने हिरोइन हुन् उनीहरु । भन्छन ‘अहिले काम गरिरहेका हिरोइनहरु मध्ये झरना र नन्दिता फाइटमा पनि सिपालु छन् उनीहरु संग काम गर्दा सजिलो हुन्छ ।’
आफैले निर्देशन गरेको फिल्म ‘खेलाडी’मा काम गराएको हिरोइन सुमिना श्रेष्ठले पनि फाइटमा राम्रो जानकारी राखेको उनलाई ज्ञान छ । तर, अहिले सुमिना अभिनयमा सक्रिय छैनन् । ‘यी तीनजना हिरोइनलाई कुन किक कसरी हान्नुपर्छ भन्नेमा राम्रो ज्ञान भएको बताउँछन् ।
नेपाली निर्देशकहरुमै कतिपयमा फिल्मी फाइटको वारेमा ज्ञान कम भएको बुझेका श्रेष्ठ नयाँमा निश्चल बस्नेत र पूरानामा प्रदिप श्रेष्ठलाई राम्रो जानकारी भएको बताउँछन् । ‘निश्चल त नयाँ पुस्ताका भए उनलाई धेरै कुराको ज्ञान छ । प्रदिप पनि पुराना पूस्ताका फाइटको महत्व बुझेका निर्देशक हुन् ।’ उनले भने ।
फाइटको पनि छुट्टै स्क्रिप्ट हुनुपर्छ भन्ने श्रेष्ठ कतिपय निर्देशकलाई त्यस विषयमा जानकारी नै नभएको सुनाउँछन् ।
निखिल, आयुष र सौगात उत्कृष्ठ
कतिपय नायकलाइ ‘एक्सनस्टार’ समेत भनिने गरेको छ । ‘एक्सनस्टार’ उपाधी पाएका नायकहरु फिल्मी फाइटमा कमजोर देखेका श्रेष्ठ पुराना पुस्ताका निखिल उप्रेति र आयुष रिजाललाई फाइटमा राम्रो मान्छन् ।
पछिल्लो पुस्ताका सौगात मल्ल सबैभन्दा सिपालु छन् रे । ‘नयाँ आएका हिरोमध्ये सौगात सबै भन्दा सिपालु छन् । उनीसंग काम गर्दा निकै सजिलो हुन्छ ।’ उनले भने ।
स्रोत साधानको अभाव
फाइट आफैमा जोखिम पूर्ण भएपनि फाइटरको बीमा गरिने कार्यले अझै पूर्णता पाएको छैन । तीन दर्जन बढी फिल्ममा द्धन्द्ध निर्देशन गरेका श्रेष्ठ स्रोत साधनको अभाव सधै खट्किने धारणा राख्छन् । ‘फाइट हेरेर पनि दर्शकले रमाइलो मान्छन् भन्नेमा हाम्रा धेरै निर्देशक सचेत छैनन् ।’ उनले भने । फाइटलाई रमाइलो बनाउन स्रोत साधन धेरै चाहिन्छ भन्ने श्रेष्ठ कतिपय निर्माताले त फाइट चौरमै गरेपनि हुन्छ भन्ने मान्यता राखेकोमा दुखी छन् । उनी भन्छन ‘स्क्रिप्टमा लेखिए अनुसार फाइटको सिन गर्न गार्‍हो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment