Comments Add Comment

झापामा दुई समूहबीच खुकुरी हानाहान, तीनको अवस्था गम्भीर

६ कात्तिक, झापा । झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार दुई समूहबीच भएको झडपको क्रममा गरामनी–१ निवासी २१ वर्षीय आइतबहादुर लिम्बू, सोही ठाउँ निवासी १६ वर्षीय अनिल राई र गरामनी–२ निवासी १८ वर्षीय जीतकुमार लिम्बू घाइते भएका छन् ।

गम्भीर घाइते आइतबहादुर र जीतकुमारलाई विराटनगर लगिएको छ भने घाइते अनिलको विर्तामोडस्थित मनमोहन मेमोरियल क्षेत्रीय सामुदायिक अस्पतालमा तथा अन्य घाइतेको स्थानीय अस्पतालमा नै उपचार भइरहेको छ ।

घटनामा संलग्न स्थानीय मनोज खनाल, मिलन खवास र सुरेस लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment