Comments Add Comment

यू–१९ महिला क्रिकेटःजनकपुर र विराटनगरबीच उपाधी भिडन्त

४ मंसिर, काठमाडौं । राजधानीमा जारी वाइवाई अन्डर नाइन्टिन राष्ट्रिय महिला क्रिकेटको उपाधिको लागि विराटनगर र जनकपुर भिड्ने भएका छन् ।

u 19 Cricketविहीबारको सेमिफाइनल खेलमा क्षेत्रनम्बर ४ भैरहवालाई हराउदै जनकपुरले डिफेन्डिङ च्याम्पियन विराटनगरसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनलमा स्थान बनाउने क्रममा क्षेत्रनम्बर ७ जनकपुरले क्षेत्र नम्बर चार भैरहवालाई २९ रनले हरायो ।

टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाले जनकपुरसामु १ सय १६ रनको चुनौति पेश गरेको थियो । प्रतिउत्तरमा भैरहवा केवल ८६ रनमै समेटियो ।

जनकपुरलाई फाइनलमा पु¥याउने क्रममा शान्ति चौधरीले २ विकेट लिइन् । अलराउन्ड प्रदर्शन गरेकी उनी नै वुमन अफ दि म्याच घोषित भइन् ।

त्यसअघि विराटनगरले बैतडीलाई ४९ रनले हराउँदै फाइनल यात्रा गरेको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको बैतडी विरुद्ध विराटनगरले १ सय १२ रनको लक्ष्य पेश गरेको थियो । प्रतिउत्तरमा बैतडीलाई ७० रनमै समेट्ने क्रममा संझना बुढाथोकीले महत्वपूर्ण ४ विकेट लिइन् ।

बुढाथोकी खेलको वुमन अफ दी म्याच भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment