Comments Add Comment

रोल्पामा अन्तराष्ट्रिय फिल्म वर्कसप हुने, साहित्यकारलाई विषेश निम्तो

चारवर्ष अघि चितवनको मेघौलीमा सम्पन्न वर्कसपमा सहभागी निर्देशक
चारवर्ष अघि चितवनको मेघौलीमा सम्पन्न वर्कसपमा सहभागी निर्देशक

काठमाडौ । भुगोलको हिसाबले दुर्गम मानिने र प्राकृतिक सम्पदाले सम्पन्न रोल्पाको सदरमुकाम लिबाङमा ‘अन्तराष्ट्रिय फिल्म वर्कसप’ हुने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा सम्पन्न हुने यस ‘वर्कसप’लाई भब्य बनाउने तयारी भएको जानकारी संघका अध्यक्ष केपी पाठकले दिए ।

‘रोल्पाको लिवाङ आफैमा सिनेकर्मीका लागि भर्जिन लोकशन हो । सिर्जनामा रमाउनेहरु केही दिन प्रदेश होउन भनेर पनि वर्कसप स्थल लिवाङ छानिएको हो ।’ अध्यक्ष पाठकले भने ।

आउँदो २२ माघदेखि १ फागुनसम्म गरिने वर्कसप अहिलेसम्मकै मौलिक र भब्य हुने कार्यक्रमका संयोजक एवं निर्देशक एमएस अग्रजको भनाइ छ । ‘हामी केवल औपचारिकतामा सिमित हुँदैनौ, यसपालीको वर्कसपले फिल्म निर्देशकलाई राम्रै ज्ञान दिन्छ ।’ उनले भने ।

८० जनासम्मलाई वर्कसपमा सहभागी गराउने तयारीमा रहेको संघले भारत, चीन, इजिप्ट र क्युवावाट प्रशिक्षक बोलाउने भएको छ । फिल्म निर्माणका लागि लेखक, निर्देशक, सम्पादक र छायाकार महत्वपूर्ण विधा भएकाले यसपालीको वर्कसप तिनै विधामा केन्दि्रत हुने भएको छ ।
‘हो हामीले चारै देशवाट एउटा एउटा विधाका विज्ञलाई बोलाएर प्रशिक्षण दिने छौं ।’ पाठकले भने ।

नेपाली सिनेमाले आफ्नो पहिचान स्थापना गर्न नसकेको भन्दै पाठकले भने- ‘हाम्रो सिनेमाको पहिचान के हो भन्नका लागि पनि यस्ता वर्कसप गर्नु जरुरी छ । वर्कसपले धेरै निर्देशकलाई मौलिक फिल्म बनाउन प्रेरित गर्ने छ ।’

आठ वर्षअघि निर्देशक समाजको अध्यक्ष हुँदा पहिलो पटक तीनदिने ‘फिल्म एप्रीसेसन’ आयोजना गरेका पाठकले तत्कालिन समयमा निकै प्रसंसा पाएका थिए ।

नेपाली चलचित्रकर्मीले फिल्म एप्रीसेसन र वर्कसपको वारेमा जानकारी नै नपाएको बेला कार्यक्रम गरेका पाठकले त्यसपछि चितवनको मेघौलीमा अन्तराष्ट्रिर्य स्तरको वर्कसप आयोजना गरे ।

भारतीय निर्देशक गोबिन्द निहलानीले विषेश प्रशिक्षण दिएको उक्त वर्कसपमा अन्य मुलुकका चलचित्रकर्मीको समेत उपस्तिथी थियो । नेपाली चलचित्र उद्योगमा सक्रिय लगभग सबै निर्देशक सहभागी थिए कार्यक्रममा ।

लेखकलाइ निम्तो

यसपालिको कार्यक्रमलाइ विगतको भन्दा भब्य बनाउनका लागि आयोजक संस्थाले साहित्यकारलाइ पनि कार्यक्रममा सहभागी गराउने भएका छन् । सिनेमा र साहित्यको सम्बन्ध मजबुत हुनुपर्ने भएपनि नेपालमा दुबै क्षेत्रविच ऐक्यबद्धता सुरु भएको छैन ।

कतिपय साहित्यकारहरु नेपाली निर्देशकले समाज नबुझेको भन्दै टिप्पणी गर्छन् । फिल्मको स्क्रिप्टको साथै साहित्य लेखनमा सक्रियहरु समेत पछिल्लो समय साहित्य लेखनमा मात्रै सिमित हुँदै गएका छन् । ‘साहित्यमा केन्द्रितहरुले फिल्ममा आँखा लगाइदिए भने फिल्मको पनि स्तर सुधि्रन्छ कि भनेर हामीले साहित्यकारलाई विषेश निम्तो गरेका छौं ।’ पाठकले भने ।

एक जमानाका चर्चित स्क्रिप्ट राइटर मानिने ब्रजेश खनाल र नयनराज पाण्डेलेे पछिल्लो समय पटकथा लेख्न छाडेर उपन्यासमा केन्द्रित गराएका छन् आफुलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment