Comments Add Comment

डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला

Sahakari-sammelan

७ मंसिर काठमाडौं । नेपालको अति विकट र दुर्गम रुपमा रहेको कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा सहकारीकर्मीहरुको पहिलो भेला सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको पहल र सहजीकरणमा सम्पन्न भेलाले जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।

कार्यक्रममा आधादर्जन सहकारी संस्थाका अध्यक्षहरुले बक्ताहरुले बोलेका थिए । उनीहरुले राष्ट्रिय सहकारी अभियान र नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साहित बताएको बताउदै जिल्लाको सहकारी अभियानमा सहयोग पुर्‍याएकोमा कृतज्ञता ज्ञापन गरेका थिए ।

नेफ्स्कून सञ्चालक पौडेलले जिल्लाको सहकारी अभियानलाई अघि बढाउन केन्द्रसंग संयोजन गर्ने बताउदै राष्ट्रिय सहकारी अभियानमा जिल्लाका सहकारीहरुलाई आवद्ध गराउन आग्रह गरे ।

जिल्ला सहकारी संघको तदर्थ समितिमा अध्यक्ष मनोज बोहोरा, सदस्यहरु जगतबहादुर शाही, सपना बुढा, तुलबहादुर बुढा र लालिमान बुढा छन ।

जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समितिमा अध्यक्ष विष्णु केसी, सदस्यहरु जगतबहादुर शाही, तुलबहादुर बुढा, लालिमान बुढा र सुरेन्द्र कठायत छन । एक महिनाभित्र दुवै संघको दर्ता प्रक्रिया अघि बढाउनेसमेत भेलाले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment