Comments Add Comment

दुई नेपालीलाई अमेरिकामा २८ लाख डलर क्षतिपूर्ति

new yorkन्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नौ वर्षपछिको लडाइँपछि दुई नेपाली कामदारले २८ लाख डलर क्षतिपूर्ति पाउने भएका छन् ।

न्यूयोर्कस्थित ठेकेदार कम्पनीसँग आबद्ध भएर निर्माण कार्य गर्दा दुर्घटनामा परेका मुस्ताङका दोर्जे गुरुङ तथा धिर्मे गुरुङले बीमा कम्पनीमार्फत २८ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

म्यानहाटनस्थित रिभरसाइड ड्राइभको अर्नभ रिटायरमेन्ट ट्रष्टको भवन निर्माणका क्रममा उनीहरु सन् २००५ को जुन ६ तारिखमा अन्दाजी २० फिट माथिबाट खसेका थिए ।

बंगाली मूलको स्वामित्व भएको ठेकेदार कम्पनी बब्लु जनरल कन्स्ट्रक्सनका कामदारका रुपमा निर्माण कार्यमा संलग्न रहेका उनीहरु दुर्घटनामा परेपछि क्षतिपूर्तिका लागि कानून व्यवसायी दुर्गाप्रसाद भुर्तेलले पीडितका पक्षमा कानूनी लड्दै आएका थिए ।

भवन निर्माण कार्यमा संलग्न मजदुरलाई बेल्ट, मजबुत स्काफफोल्डिङलगायतका पर्याप्त सुरक्षा संयन्त्र प्रदान नगरिएका कारण दुर्घटना भएको दाबीसहित कानून व्यवसायी दुर्गाप्रसाद भुर्तेलले पीडितका पक्षमा भवनको स्वामित्व ग्रहण गर्ने अर्नभ रिटायरमेन्ट ट्रष्टविरुद्ध क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए ।

अमेरिकाबाट सञ्चालित साइट विश्वन्युजका अनुसार भर्खरै मात्र निर्माणाधीन भवनको बीमा कम्पनीले २८ लाख डलर क्षतिपूर्तिको प्रस्ताव ल्याएपछि उक्त मुद्दाको अन्तिम किनारा लागेको कानून व्यवसायी भुर्तेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment