Comments Add Comment

एसियन जुनियर टेनिस टिम कपमा नेपालको पहिलो जित

११ पुस, काठमाडौं । कतारको दोहामा जारी एसियन जुनियर टेनिस टिम कपमा नेपाली टोलीले पहिलो जित हात पारेको छ ।

आयोजक राष्ट्र कतारसंगको खेलमा नेपाल २-१ ले विजयी भएको टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् ।

जितसंगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायम रहेको छ । नेपालबाट संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा, प्रनव खनाल र सम्यकभूषण वज्राचार्यले प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि नेपाल भारतसंग ३-० ले चुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment