Comments Add Comment

सभाध्यक्षले बोलाएको बैठकमा प्राण त्याग्ने उदघोष

१७ पुस, काठमाडौं । माघ ८ मा संविधान जारी गर्ने विकल्प खोज्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको बैठकमा शीर्षनेताहरु घोचपेचमा मात्रै उत्रिएनन्, प्राण त्याग्ने उदघोषसमेत गरे ।

सभाध्यक्ष नेम्वाङले बैठकको सुरुमा नै चार दिनभित्र सहमति गर्न वा संविधानको मस्यौदा बनाउन आफूलाई अधिकार दिन माग गरे । विगतमा संविधानमा व्यवस्था नै नभएको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दलहरु अहिले सहमति नगरेकोमा उनको आक्रोस थियो ।

PRACCHANDA-AND-KP-OLIदलका नेताहरुले सहमति गर्न नसकेको नभइ नगरेको भन्दै उनी निकै कडा रुपमा प्रस्तुत भए ।

संविधानसभा अध्यक्ष नेम्वाङको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले सबैले अन्य कार्यक्रम स्थगित गरेर छलफलमा जुट्न प्रस्ताव गरे । सहमतिका लागि ‘गिभ एण्ड टेक’ गरेर जान सकिने उनले बताए ।

एमाले अध्यक्ष केपी ओलीले देशको हितका लागि प्राण त्याग्न तयार रहेको उदघोष गरे । गोलघर जेलमा बस्दा पनि देशका लागि बलिदान गर्न तयार भएको स्मरण गर्दै उनले भने-‘प्रधानमन्त्रीले गिभ एण्ड टेक गरौं भन्नुभो, त्योभन्दा अगाडि बढेर  देशको हितका लागि ‘सबै त्याग्न तयार छु ।’

दलहरुबीच सहमति भएन भने बहुमतीय प्रक्रियामा गएर भएपनि माघ ८ मा संविधान दिनुपर्ने उनले बताए ।

त्यसको जवाफ प्रचण्डले दिए । देशका लागि त्याग गर्न बैठकमा भएका सबै तयार रहेको उनले बताए ।

‘हामी पनि देशका लागि लडेरै आएका हौं’ उनले भने-उहाँ (केपी ओली) ले राष्ट्रिय हितको कुरा गर्नुभो । हामीले देश हित, जनता र राष्ट्रिय स्वार्थको पक्षमा सम्झौता गर्न तयार छौं ।’

तर, देश र जनताको पक्षमा भनेको के हो भनेर व्याख्या गर्नु पर्ने भन्दै उनले भने-‘भाषण मात्र आदर्शको कुरा गर्ने र प्रतिगमनको पक्षमा संविधान बनाउने हो भने सम्झौता हुन सक्दैन ।’

दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै उनले सभाध्यक्षलाई अधिकार दिन नसकिने बताए । ‘हामी उहाँ जस्तो स्वच्छ, त्यागी मान्छेलाई मात्र कालकूट विष पान गर्न दिँदैनौं’ प्रचण्डले बैठकमा भने-‘त्यसलाई बाँडौं, हामी सबै दोष र जसको भागेदारी हुनुपर्छ ।’

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने आदिवासी जनजाति, उत्पीडित पक्षमा उभिँदा शीर्ष भनिएका नेताहरुले नै जातिवादी, अराष्ट्रिय भनेकोमा आपत्ति जनाए । उनले चुनौती दिँदै राष्ट्रियताको पक्षमा को कति छ भन्ने इतिहासले देखाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment