Comments Add Comment

एनसीसी बैंकको नाफा २५ करोड, पौने ९ करोड राइटव्याक

Ncc-bank१३ माघ काठमाडौं । एनसीसी बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा २४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १६ करोड रुपैयाँ नाफा कमाएको थियो । राइटव्याक र व्याज आम्दानी नै बैंकको नाफाको स्रोत देखिन्छ ।

बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको ८ करोड ८६ लाख रुपैयाँ फिर्ता (राइटव्याक) गरेको मंगलबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । राष्ट्र बैंकले एनसीसी बैंकको सञ्चालक समिति लिएपछि बैंकमा सुधार आएको हो । राष्ट्र बैंकका निर्देशक शिवनाथ पाण्डेले एनसीसी बैंकको सञ्चालक समितिको नेतृत्व सम्हालिरहेका छन ।

त्यसैगरी, बैंकले गत वर्षको पुस मसान्तको भन्दा यो पुसमा ६ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको छ । २०७० पुस मसान्तमा ३४ करोड ९० लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ पुस मसान्तमा ४० करोढ ७१ ल्ाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जामा पनि केही सुधार देखिएको छ । गत वर्षको पुसमा कूल कर्जाएको २.४६ प्रशित रहेको खराब कर्जा यो पुसमा केही झरेर २.२१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ९७ रुपैयाँ ६२ पैसा रहेको छ ।

बैंकमा समस्या देखिएकाले निक्षेप संकलन र कर्जा प्रवाह भने केही घटेको छ । २०७० पुसमा २२ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड रुपैयाा कर्जा प्रवाह गरेको बैंकले २०७१ पुसमा २२ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment