Comments Add Comment

मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार पाण्डेद्वारा प्रहरी समक्ष आत्मसमर्पण

१३ माघ, काठमाडौं । मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

नक्कली हस्ताक्षर गरी मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट २ करोड ९ लाख बढी रुपैयाँ निकालेका उनी आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीले पाण्डे प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।

Suspects of mega bank Scamमहानगरीय अपराध महाशाखाले गत शुक्रबार बैंकबाट ठगिएको रकमसहित प्रदीप पाण्डे, प्रविण पाण्डे र शम्भुबहादुर थापालाई पक्रेपछि मेगा बैंक ठगी प्रकरणमा बैंक म्यानेजरकै संलग्नता रहेको पुष्टि भएको थियो ।

धादिङ नलाङका पाण्डेको योजनामा मेगा बैंकको न्यूरोड शाखाबाट ०७० माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैयाँको चेक क्लियरिङ गरी जम्मा २ करोड ९ लाख ९० हजार रुपैयाँ निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment