Comments Add Comment

अोबामाले भने- शाहरूखप्रति हामीलार्इ गर्व छ

obama and srk
३ दिने भ्रमणका लागि भारतमा रहेका अमेरिकाका राष्ट्रपति बाराक ओबामाको चर्चा खुबै चलेको छ । ओबामाले गर्ने हरेक क्रियाकलपालाई भारतीय मिडियाले विभिन्न कोणबाट कभरेज गरिरहेका छन् ।

आफ्नो भ्रमणको तेश्रो तथा अन्तिम दिन ओबामाले दिल्लीको सिरी फोर्ट अडिटोरियममा भाषण गरेका छन् । उनले भाषणको दौरान बलिउड नायक साहरुख खानको चर्चित चलचित्र ‘दिल्वाले दुल्हनिया ले जायंगे’को संवाद बोले ।

उनले भने-‘बडे बडे देशो मे छोटी छोटी बात होती रहेती हें’ । ओबामाले यो संवाद बोलेपछि अहिले सामाजिक संजाल ट्विटरमा पनि यसको चर्चा सुरु भएको छ ।

ओबामाले आफ्नो मन्तव्यको क्रममा भने-‘हामीलाई साहरुख खान, मेरी कोम, मिल्खा सिंह र कैलाश सत्यार्थीमाथि गर्व छ ।’

ओबामाको यो मन्तव्यपछि बलिउड कलाकारले पनि ट्विटरमा यसको चर्चा गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment