Comments Add Comment

पथरी युवा समाज यूएईकाे वार्षिक उत्सव सम्पन्न

pathari-1दुबई । पथरी युबा समाज युएईले आफ्नो ५औं बार्षिक उत्सब बनभोज कार्यक्रमका साथ मनाएको छ । समाजमा यूएर्इमा रहेका पथरीका साथै असपासका गाउँमा नेपालीहरू सदस्य छन् ।

समाजमा दुबईको मम्जार पार्कमा भएको बनभोज कार्यक्रममा पथरी शनिस्चरे नगरपालिका तथा छिमेकी नगरपालिका तथा गाबिस घर भई घर भई हाल यूएईमा रहेका नेपालीहरुको उपस्थिती थियो ।

प्रवासमा रहेपनि एकै ठाउँ या छिमेकी ठाउँका साथीभाईसँग एक आपसमा भेट्घाट हुने र रमाइलो गर्न पाइने भएकोले समाजले हरेक बर्ष यसरी नै बनभोज कार्यक्रमका साथ बार्षिक उत्सब मनाउने गरेको सचिब बलराम कुइँकेल बताए ।

pathari-2पहिलो चरणको परिचयात्मक कार्यक्रमसगै समाजका अध्यक्ष कृष्ण पौडेलले समाजले गरेका सामजिक गतिबिधिको जानकारी गराउदै यसबर्ष देखी पथरी शनिस्चरे नगरपालिकाका साथै छिमेकी गाबिस या नगरपालिकाका साथीहरुलाई पनि समाजको सदस्यता प्रदान गरी समाजको आकार फराकिलो बनाउँदै लगिने बताए ।

त्यसैगरी कार्यक्रमको तेश्रो चरणमा उपाध्यक्ष दीपक न्यौपाने र सांस्कृतिक बिभाग संयोजक रमण दाहालले उपस्थित सबैलाई सामेल गराउदै नेपाली लोकगीतहरु सामुहिक रुपमा गाउदै नाँचगान समेत गराउदै मनोरन्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment