Comments Add Comment

वैज्ञानिक भन्छन्, पार्टनरका कारण दुखाइ बढ्छ

helth
तपाइँको श्रीमती वा प्रेमिकाको अस्पतालमा उपचार हुँदैछ वा शल्यक्रिया गरिँदैछ भने तपाइँ त्यहाँ नजानु नै राम्रो हुन्छ । झ्वाट्ट सुन्दा यो अपि्रय लाग्नसक्छ । तर यसको कारण छ । तपाइँको उपस्थितिले उनको दुखाइ वा पीडा झनै बढ्छ ।

आफ्नो पार्टनरको उपस्थितिले विरामीमा झनै ढाढस बढ्ने र दुखेको घाउको दुखाई कम हुन्छ होला भन्ने हामीलाई लाग्छ । अहिलेसम्म भनिँदै आएको र गरिँदै आएको कुरा पनि यहीँ हो । तर पछिल्लो अनुसन्धानले भने यसलाई असत्य सावित गरिदिएको छ ।

बेलायतको युनिभर्सिटी कलेज लण्डन, किंग्स कलेज र युनिभर्सिटी अफ हर्टफोर्डशायरका शोधकर्ताहरुले ३९ जोडीमा गरेको गहन अध्ययनले अस्पतालको पीडादायी अवस्थामा रहेका महिलाहरुमा आफ्नो पार्टनरको उपस्थितिले दुखाइ झनै उल्लेखनीय रुपमा बढ्ने देखाएको हो ।

त्यसैले बिरामीको हेरचाहका लागि उनको सबैभन्दा पि्रय मानिसलाई ल्याउनु उत्तम विकल्प हुन नसक्ने ठहर शोधकर्ताहरुले गरेका छन् ।

अध्ययनका क्रममा शोधकर्ताहरुले ३९ जना जोडीलाई आपसी सम्बन्धमा संवेगात्मक आत्मीयता र सामिप्यता कायम राख्न वा टाढिने इच्छाका विषयमा विभिन्न खाले प्रश्नहरु सोधेका थिए ।

त्यसपछि त्यसमध्येका महिला पार्टनरहरुलाई लेजरको माध्यमबाट जिउमा दुखाइ महसुस हुने खालका झट्का दिइयो । ती महिलाहरुको पुरुष पार्टनर कोठाभित्रै भएको बेला र कोठा बाहिर गएको बेला गरि फरक फरक मौकामा त्यसरी झट्का दिइएको थियो । त्यसक्रममा उनीहरुलाई त्यस्तो झट्काबाट कत्तिको दुखाइ महसुस भएको छ भनेर सोधनी गरि त्यसको मापन गरिनुका साथै इइजी मार्फत मस्तिष्कको क्रियाकलाप समेत मापन गरिएको थियो ।

त्यसक्रममा रोचक तथ्य के पाइयो भने जब महिलाको पुरुष पार्टनर कोठाभित्र रहेको बेला झट्का दिइन्थ्यो, त्यसबेला महिलाहरुले बढि दुखाइ महसुस गर्दथे, पार्टनर बाहिर गएको बेलामा दिइने झट्काबाट भन्दा ।

अझ विशेष गरि आफ्नो पार्टनरसँग टाढिन खोजिरहेका महिलाहरुले पार्टनर आफ्नो नजिक हुँदा बढि दुखाइ महसुस गर्ने गरेको पाइयो । यसको मुख्य कारण ती महिलाहरुलाई आफ्नो पार्टनरमा भन्दा आफुमै बढि विश्वास रहन्छ र पार्टनरको उपस्थितिले उनीहरुलाई मानसिक तनाव थप्दछ । इइजीमार्फत गरिएको मस्तिष्कको क्रियाकलापको अध्ययनले पुरुष पार्टनर आफुसँगै रहेको अवस्थामा महिलाको मस्तिष्कको त्रासको चेतना पैदा गर्ने भाग बढि सक्रिय रहेको देखायो ।

मुख्य शोधकर्ता डाक्टर कटेर्निया फोटोपाउलोका अनुसार यो अध्ययनले एउटा सामान्य खाले तथ्यलाई प्रकाश पारेको भएपनि यो सिद्धान्त सबै महिलामा लागु हुन नसक्ने बताइन् ।

उनका अनुसार दुखाइका बेला पार्टनर आफ्नो साथमा भएमा दुखाइ कम हुन्छ भन्ने मान्यता सबैको हकमा सही नहुने तथ्य भने आफुहरुको अध्ययनबाट प्रष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment