Comments Add Comment

कोरियामा फूलको ब्यापारले नाम र दाम कमाउँदै नेपाली 

saul-flower-sell-1मीनप्रकाश उप्रेती

१८ माघ, सउल । कोरियामा एक नेपाली फूलको  ब्यवसायले नाम र दाम दुवै कमाउन सफल भएका छन्  । मोरङ् ईटहराका जीवन थापा उक्त व्यवसायबाट कोरियामा नाम र दाम दुवै कमाउन सफल भएका हुन् ।

व्यवसाय भिसामा सन् २००७ मा कोरिया छिरेका थापालाई सुरुमा कुन व्यवसाय गर्ने भन्ने कुराले सताएको थियो । धरै  नेपालीहरूले गर्ने गरेको व्यवसाय गर्न उनले चाहेनन् । थापा भिन्न किसिमको व्यवसाय गर्न चाहन्थे । विकल्पमा फूलको उत्पादन र ब्यपारलाई उनले रोजे ।

कोरियाको राजधानी सउल भन्दा करिव सय किलोमिटरको दूरीमा रहेको ईल्सान सहरमा दुई हेक्टर जमिन भाडामा  लिएर थापाले  फूलको उत्पादन सुरु गरे ।  कोरियन सरकारी नीतिका कारण उत्पादनसँगै बजार कहाँ पाईएला भन्ने चिन्ता पनि रहेन उनमा । कोरियामा कृषि समन्धि सहयोगी नीति भएका कारण ती सबै सहयोग सरकारबाट पाउँदै गएको थापा बताउँछन ।

कोरियामा फूल उत्पादन व्यवसायमा पहिलो नेपालीका रूपमा चिनिएका थापा अन्य बिदेशीहरुमा दोस्रो स्थानमा रहेका छन् । सफल ब्यवसायीका रूपमा स्थापित थापा कोरियनहरुबीच जीवन आजसीले चिनिने गर्छन् । उक्त क्षेत्रको कृषि समन्धि सबै सरकारी कार्यक्रममा थापाको उपस्थिति रहने गरेको छ । सोही क्षेत्रको नगरपालिका र कृषि विभागबाट थापाले सम्मान, प्रशंसा पत्र र विभिन्न पुरस्कारहरु पाईसकेका छन् ।

थापाले हाल कोरियन र विदेशी गरी दस जनालाई रोजगार दिँदै आएका छन् ।  मासिक आम्दानी तीनदेखि पाँचलाख रुपयाँसम्म हुने गरेको थापाले बताए । थापाले कोरियाकै अर्को सहर फेन्थेकमा रेष्टुरेण्ट व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् ।

दाम र नामसँगै थापा कोरियामा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । आपतबिपदमा परेका नेपालीहरूलाई खान बस्नको व्यवस्थासहितको सेल्टर निर्माणमा थापा जुटेको बताउँछन् । उनले आफ्नै लगानीमा  कोरियाको फेन्थेक क्षेत्रमा उक्त सेल्टर निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment