Comments Add Comment

जोकोभिचले जिते अष्ट्रेलियन ओपनको उपाधि

novak-djokovic-win-australian-open

१८ माघ, काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको उपाधि शीर्ष वरियताका नोभाक जोकोभिचले जितेका छन् ।

जोकोभिचले पाँचौं पटक अष्ट्रेलियन ओपन जितेका हुन् । उनले बेलायती एण्डी मुर्रेलाई ७-६, ६-७, ६-३ र ६-० को सेटमा पराजित गरे ।

जोकोभिच र मुर्रेको फाइनल भिडन्त तीन घन्टा ३९ मिनेटसम्म चलेको थियो । अष्ट्रेलियन ओपनको फाइनलमा मुर्रेमाथि जोकोचिचको यो तेस्रो जित हो ।

वर्षको पहिलो ग्राण्डस्लाम जितेसँगै जोकोभिचको नाममा आठ ग्राण्डस्लाम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment