Comments Add Comment

साउनदेखि कतार र कुवेतमा पनि ईपीएस प्रणाली

२६ माघ, काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि आफ्नै मुलुकका म्यानपावर दलालहरुले गर्दै आएको गर्दै आएको ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी नीति ल्याउन लागेको छ ।

हाल दक्षिण कोरियाबाहेक अन्य मुलुकमा दलालमार्फत कामदार पठाउने शिलशिला जारी छ । दक्षिण कोरियामा भने इपीएस परीक्षा प्रणालीमार्फत कामदार पठाइने गरेका कारण ठगी हुन पाएको छैन । अब कतार तथा कुवेतमा पनि ईपीएस प्रणालीमार्फत कामदार पठाउने नीति तर्जुमा गरिएको तरुण साप्ताहिकमा खबर छ ।

म्यानपावर ब्यावसायीहरुले अवरोध सिर्जना गरेनन् भने आगामी साउनसम्ममा कुवेत र कतारमा ईपीएस प्रणाली लागू भइसक्ने वैदेशिक रोजगार प्रवर्द्धन विभागले जनाएको छ । यसैगरी, ती देशबाट सरकारी तहमार्फत कामदारको माग ल्याउने र उत्तः मागलाई अनलाइनमा सार्वजनिक रुपमा राखेर म्यानपावर कम्पनीबीच घटाघटको टेन्डर गर्ने गृहकार्य पनि अघि बढाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनेहरुलाई बिमा रकम भुक्तानी दिँदा सरकारले पाँच प्रतिशत कर काट्ने गरेकोमा त्यसलाई पनि संसोधन गरी कर नलाग्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment