Comments Add Comment

बंगलादेशविरुद्ध श्रीलंकाको फराकिलो जित

Tillakaratne-Dilshan

१४ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशमाथि ९२ रनको फराकिलो जित हात पारेको छ ।

विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित श्रीलंकाको त्यसपछि भने लगातार दोस्रो जित हो । यसअघि उसले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो ।

मेलबर्नमा पहिले ब्याटिङ गरेको श्रीलंकाले तिलकरत्ने दिलशान र कुमास सांगाकाराको शतकको मदतमा ५० ओभरमा १ विकेट गुमाएर ३३२ रन बनायो । पहिलो विकेटका लागि ओपनर लाहिरु थिरिमाने र दिलशानले १२२ रनको साझेदारी गरे ।

थिरिमाने ५२ रनमा आउट भएपछि दिलशान र सांगाकारले श्रीलंकन पारी सम्हाले । उनीहरुले अविजित २१० रनको साझेदारी गरे । दिलशान १६१ र सांगाकारा १०५ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको बंगलादेश ४७ ओभरमा २४० रन जोड्दा अलआउट भयो ।

इनिङको दोस्रो बलमा नै पहिलो विकेट गुमाएको बंगलादेशले १०० रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । छैटौं विकेटका लागि सकिब हल हसन र मुस्फिकर रहिमले ६४ रनको साझेदारी गरे । छैटौं विकेटका रुपमा सकिव ४६ रनमा आउट भए ।

रहिमले सातौं विकेटका लागि सविर रहमान ४४ रनको सझेदारी गर्दै बंगलादेशलाई आश देखाए । तर, उनीहरुको साझेदारी टुटेपछि बंगलादेश हारतर्फ उन्मुख भयो ।

सविरले ५३ रन बनाए भने रहिम ३६ रनमा आउट भए ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा लासिथ मालिंगाले ३ विकेट लिए भने सुराङ्गा लकमल र तिलकरत्ने दिलशानले समान २-२ विकेट हात पारे ।

दिलशान म्यान अफ दि म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment