Comments Add Comment

नेपालकै जेठो दरबार हाइस्कुलको अस्तित्व संकटमा

१६ फागुन, काठमाडौं । दरबार हाइस्कुलमा पढ्न कुनै बेला ठूलै सोर्सफोर्स चाहिन्थ्यो । दरबार र धनमानीका छोराछोरी पढ्थे । नेपालमा ‘शिक्षाको दियो बाल्ने’ यस विद्यालयमा हजारौं विद्यार्थी हुन्थे । यहीँ कखरा सिकेका विद्यार्थी ठूल्ठूलो ओहोदामा पुग, अहिले पनि छन् ।

तर, अहिले स्थिति फेरिएको छ । ८१ वर्ष पहिले स्थापना भएको देशकै जेठो विद्यालयको हालत बेहाल बन्दै गएको छ । ‘गरिबका छोराछोरीले पढ्ने’ पहिचान बनेको छ । यो पहिचान जोगाउन पनि मुस्किल परिरहेको छ विद्यालय प्रशासनलाई । ‘विद्यार्थीबिनाको स्कुल’ झै भएको छ अहिले दरबार हाइस्कुल । राजधानीको केन्द्रमै रहेर पनि विद्यार्थीको खडेरी छ ।

विद्यार्थी आकषिर्त गर्नकै लागि स्कुलले विद्यार्थीलाई जुत्तादेखि दिवाखाजासम्मको ‘स्किम’ ल्याइएको छ । तर पनि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न नसकेको नयाँ पत्रिकामा खबर छ ।

दरबार हाइस्कुलमा दुई सय १४ विद्यार्थी छन्, तिनलाई पढाउने १९ जना त स्थायी शिक्षक छन्, निजी स्रोतमा थप ११ जना शिक्षक कर्मचारी छन् । स्थायी शिक्षकका लागि मात्रै पनि एक शिक्षकको भागमा १२ जना विद्यार्थी पनि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment