Comments Add Comment

टेक्सासमा नेपालीहरू होली मनाउँदै

holi texasविकास राज न्यौपाने

अमेरिका । अमेरिकाको टेक्सास राज्यस्थित ड्यालस-फोर्टवर्थ क्षेत्रमा नेपालीहरूले होली मनाउँने भएका छन् । टेक्सासमा क्रियाशील इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा विशेष कार्यक्रमका साथ होली मनाउन लागिएको हो । संघले बिगत ५ वर्षदेखि नेपाली संस्कृति प्रबर्द्धन गर्न तथा विदेशमा बसेका नेपालीले पनि होली खेल्न पाउन भन्ने उद्धेश्यका साथ निरन्तर रुपमा होली पर्वको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

नेपाली पञ्चे बाजा, नेवारी परम्परागत बाजागाजाका साथ नाँचगान अनि मिठा परिकारका साथमा होली कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ । यसका अतिरिक्त कार्यक्रममा बिबिध खेलकुद समेत समावेश गरिने छन् । कार्यक्रममा सहभागिताको लागि भने प्रतिव्यक्ति ५ डलर शुल्क तिर्नुपर्ने आयोजक समितिका यमुना भट्टराईले जानकारी गराइन् ।

यसैबिच, फागु पर्वको उपलक्ष्यमा नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले फागुको बिभिन्न रङ्गहरु जस्तै जीवन पनि रङ्गिन बनोस् र अन्य रङ्गहरुको ‘उत्कर्ष’मा कालो रङ्गको ‘उत्सर्ग’ होस् भन्दै शुभकामना ब्यक्त गरे ।

त्यस्तै नेपाली समाज टेक्सस एवं ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा आगामी निर्वाचनमा एनआरएन अमेरिकाका उपाध्यक्षका प्रत्यासी राम सी पोखरेलले सम्पूर्ण नेपालीलाई मैत्री र भातृत्वको भावना  अभिबृद्धि गर्न यो रंगीन पर्व होली सार्थक बनोस् भन्दै शुभकामना दिए । मार्च ७ गते शनिबारका दिन ग्रेपभाइन लेकमा आयोजना गरिने होली बिशेष कार्यक्रममा संघले सबैलाई आमन्त्रण गरेको छ ।

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भाबको रुपमा मनाईने होली एक-आपसमा रंग लगाई हर्सोल्लासका साथ मनाउने गरिन्छ । नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुरस्थित गद्दी-बैठक अगाडी मैलको रुखलाई रङ्गी चङ्गी पारेर सिंगारी गाडिएको चीरमा आजापूजा गरेपछि विधिवत् रुपमा होली सुरु भएको मानिन्छ ।

दैत्यराज हिरण्यकश्यपले विष्णु भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रह्लादलाई केही नभएको विश्वासका साथ शक्तिको दुरुपयोग गर्ने होलीका मारिएको खुसीयालीमा होली खेल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख छ ।

यसै दिनमा टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि ल्याईएको १० पाथी चामलको भात र एउटा रांगोको मासु खुवाई सैनीक अस्पताल भित्र रहेको ‘जधु’ धारोमा चुठाउने प्रचलन रहेको छ ।

त्यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाईएकी राक्षस्नी पुतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दुध चुसाउँदा कृष्ण मर्नुको साटो पुतना आफै मरेकोले त्यस खुशीको उपलक्षयमा  ब्रजबासीले फागु महोत्सव मनाउन थालेको जनश्रुती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment