+
+
Shares

छविको ‘किस्मत २’मा हुने छैनन् आर्यन, शिल्पासँग रोमान्स गर्न नयाँ अनुहार

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते १६:३३
चलचित्र 'लज्जा'मा एकसाथ काम गर्दै आर्यन र शिल्पा
चलचित्र ‘लज्जा’मा एकसाथ काम गर्दै आर्यन र शिल्पा

वैशाख २ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘किस्मत २’मा नायक आर्यन सिग्देलले काम गर्ने छनक देखिएको छैन । चलचित्र ‘किस्मत’मा भने नायिका रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका थिए । यही चलचित्रबाट नायक आर्यन सिग्देलले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए ।

‘किस्मत २’लाई श्याम भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रमा नायिकाको रुपमा शिल्पा पोख्रेल पक्का भैसकेकी छिन् । शिल्पासँग काम गर्ने कलाकारको रुपमा नयाँ २ पात्रलाई छनोट गर्ने तयारी गरिएको छ । केही दिनमा नै २ नायकको टुङ्गो लाग्ने वुझिएको छ ।

आर्यन सिग्देलले छविराज ओझालाई फोन पनि गरेका थिए । तर, छविले आर्यनलाई यो बिषयमा कुनै रेस्पोन्स नदिएको वुझिन्छ । यसपछि, आर्यनले पनि छविलाई फोन गर्न छाडेका थिए ।

सुरुमा छविले ताकेता गर्दा आर्यनले वास्ता नगरेको र पछि आर्यनले फोन गर्दा छविले वेवास्ता गरेको वुझिएको छ । आर्यन र छविले केही दिन अगाडिको फागु पूणिर्मामा केही समय एक साथ होली भने खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?