+
+
Shares

घरमै प्राकृतिक मेहंदी बनाउने सहज र सुरक्षित तरिका

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राकृतिक मेहंदी बनाउन मेहंदी पाउडर, नीलगिरीको तेल, पानी, प्लास्टिकको भाडो, चलनी, कागती र चिनी आवश्यक हुन्छ।
  • मेहंदीको रङ गाढा बनाउन कागती र चिनीको रसले भिजाउने, तोरीको तेल लगाएर दुई घण्टा पानी नछुन सुझाव दिइएको छ।

मेहंदी हाम्रो संस्कृति र सौन्दर्यसँग जोडिएको प्राकृतिक सौन्दर्य प्रसाधन हो । बजारमा पाइने धेरैजसो मेहंदीमा रासायनिक पदार्थ मिसाइएका हुन्छन् जसले छालामा फोका, एलर्जी र घाउसम्म ल्याउन सक्छ । त्यसैले घरमै शुद्ध मेहंदी तयार गरेर प्रयोग गर्नु उत्तम हुन्छ । यहाँ घरमै मेहंदी बनाउने सजिलो तरिका प्रस्तुत गरिएको छ ।

किन प्राकृतिक मेहंदी ?

बजारमा अहिले धेरैजसो केमिकल मिसाइएको मेहंदी पाइन्छ, जसले सुन्दरता दिनुको साटो छालालाई नोक्सान पुर्‍याउँछ । नेचुरल मेहंदी भने प्राकृतिक हुन्छ र कुनै हानिकारक असर गर्दैन। यसले सुन्दर र दीर्घकालीन रङ दिन्छ ।

के–के चाहिन्छ ?

-प्राकृतिक मेहंदीको पातबाट बनेको धुलो पाउडर । बजारमा पनि शुद्ध पाउडर किन्न पाइन्छ ।

-नीलगिरीको तेल । निलगिरी नपाएमा डिटोलको थोपा प्रयोग गर्न सकिन्छ ।

-पानी ।

-प्लास्टिकको भाडो । प्लास्टिकको कोन वा दूधको प्याकेट, पाइरालगायत कुनै पनि कोन बनाउन मिल्ने सामग्री ।

-चलनी (छान्नका लागि) ।

-कागती र चिनी

कसरी तयार गर्ने ?

पेस्ट बनाउन

१०० ग्राम मेहंदी पाउडरलाई प्लास्टिकको भाडामा राखेर अलि–अलि पानी हाल्दै गिलो पेस्ट बनाउने । धेरै पातलो वा धेरै गाढा नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । पेस्टलाई दुई घण्टा जति भिजाएर छोड्नुहोस् ता कि रङ राम्रोसँग निस्कियोस् ।

तेल मिसाउने

दुई घण्टा पछि पेस्टलाई फेरि फिटेर त्यसमाथि नीलगिरीको तेल वा ल्वाङ्गको तेल केही थोपा मिसाउने । पेस्टलाई चियाको चलनीबाट छानेर अझ लतक्क बनाउने ।

कोनमा हाल्ने

पेस्ट तयार भएपछि प्लास्टिकको कोन वा दूधको प्याकेटबाट बनाएको कोन सफा गरेर राम्रोसँग टाँस्ने । अब मेहंदी प्रयोग गर्न तयार भयो ।

मेहंदीको रङ कसरी गाढा बनाउने  ?

आफूलाई मन पर्ने डिजाइनको मेहंदी लगाइसकेपछि कम्तीमा दुई घण्टा हातमा राख्ने ।

करिब १०-१५ मिनेटमा सुक्न थाल्छ, त्यसपछि कागती र चिनीको रस तयार गरेर कटनको सहायताले हलुका–हलुका भिजाउने । यो प्रक्रियाले मेहंदीको रङ अझ गाढा हुन्छ।

दुई घण्टा पछि तोरीको तेल लगाएर मेहंदीलाई हटाउने । त्यसपछि करिब दुई घण्टा पानी नछुने । भोलिपल्टसम्म रङ अझ गाढा हुँदै जान्छ ।

केही सुझाव

मेहेन्दीको पेस्ट बनाउँदा माटोको भाँडोमा नबनाउने, प्लास्टिक वा स्टीलको प्रयोग गर्नुपर्छ ।

पेस्टलाई धेरै पातलो बनाउनु हुँदैन, पातलो भयो भने रङ नबस्न सक्छ ।

बजारबाट मेहंदी पाउडर किन्दा कालो र चम्किलो नभएको, हरियो र प्राकृतिक गन्ध भएको छनोट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?