+
+
Shares

जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर हत्या

होटल एसपी एन्ड गेस्ट हाउसमा बसेका उनीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको र त्यसपछि एक तल्ला माथिबाट खसालिएको अवस्थामा फेला परेका ती युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन ४ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरको जिरोमाइलस्थित होटलमा धारिलो हतियार प्रहार गरी २८ वर्षीय बिमलेश यादवलाई एक तल्लामाथिबाट खसालेर हत्या गरिएको छ।
  • प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे बिमलेश यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
  • प्रहरीले युवतीसँगै होटलमा बसेका मृतकको हत्या युवतीले गराएको हुन सक्ने अनुमान गर्दै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

४ साउन, जनकपुरधाम  । जनकपुरको एक होटलमा धारिलो हतियार प्रहारपछि एक तलामाथिबाट खसालेर एक युवकको हत्या गरिएको छ ।

प्रहरीका अनुसार हत्या हुनेमा महोतरी गाउँपालिका- १ पर्सा बस्ने २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेका छन् ।

जनकपुरको जिरोमाइल स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति ३ बजेतिर धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालेको अवस्थामा ती युवक फेला परेका थिए ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार राति एकजना युवतीसँगै ती युवक होटलमा बस्न गएका थिए । युवतीले नै हत्या गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?