+
+
Shares

ग्रिस पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रिस पठाइदिन्छु भन्दै २ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका छन्।
  • उनीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

५ साउन, काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका छन् ।

सुदिपले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शनिबार उनलाई पक्राउ गरेको हो ।

काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?