
News Summary
Generated by OK AI. Editorially reviewed.- डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेल हेरालुका लागि २० जनालाई रोजगारी दिएको छ।
- उनीहरूलाई सम्झौता र अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ।
- वन्यजन्तु क्षति न्यूनीकरण र सहअस्तित्व प्रवर्द्धनका लागि हेरालु राख्ने निर्णय गरिएको छ।
५ साउन, काठमाडौं । अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी पाएका छन् ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ । जसमा २० जनाको नाम निस्किएको छ । उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ ।
वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ । तोकिएको समयमा अभिमुखीकरणमा नगए सम्झौता नहुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4