Comments Add Comment

क्षयरोग लागेको थाहा पाएपछि बस्नेतले गरे मलेसियामै आत्महत्या

रामचन्द्र नेपाल

१० चैत, क्वालालम्पुर । देश विदेशमा मंगलवार विश्व क्षयरोग दिवस मनाइरहँदा मलेसियामा एक नेपालीले क्षयरोग लागेको थाहा पाएपछि आत्महत्या गरेका छन् । मोरङ केरावारी घर भई केपोङमा रहेको एक कोरीयन रेष्टुरेष्टमा काम गर्ने ३१ वर्षीय सूर्यवहादुर वस्नेतले घर फर्किनु एक दिनअघि आत्महत्या गरेका हुन् ।

वुधवार नेपाल र्फकने टिकट समेत लिईसकेका एक कोरीयन रेष्टुरेष्टमा काम गर्ने वस्नेतले मंगलबार विहान झुण्डिएर आत्महत्या गरेका हुन् । मृतकसँग काम गर्ने धनकुटाका रसमान तामाङले दिएको जानकारी अनुसार मृतक बस्नेत केही दिनदेखि बिरामी परेकोले काममा नगइ होस्टलमै बसेका थिए ।

स्थानीय क्लिनिकमा स्वास्थ्य परिक्षण गर्दा आफूसँगै गएको र डाक्टरले क्षयरोग भएको बताएदेखि वस्तेत सधैं उदास भएर बस्ने गरेको राइले जानकारी  दिए ।
घटना भएपछि त्यहाँ काम गर्ने श्रमिकहरुलेे प्रवासी  नेपाली मन्चलाई खबर गरेको र मन्चले घटनाको विवरण  वुझि दूतावासलाई जानकारी गराएको मन्चका अध्यक्ष  राजेन्द्रप्रकाश भण्डारीले जानकारी दिए ।

हाल शव पोसमार्टमका लागि स्थानीय सेलायाङ अस्पतालमा राखिएको छ । वस्नेत पाँच वर्षअघि रोजगारीको शिलशिलामा मलेशिया आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment