Comments Add Comment

एसएलसी छाडेर गोरखपुरको होटलमा ‘डेक्ची ड्राइभर’

Gorakhpur-Jail

  • गोरखपुरको रेल्वे स्टेशन । यही स्टेशन नजिकैको होटलमा सुदीप फेला परेका हुन्

सलमान खान
१२ चैत, भैरहवा । बुटवलस्थित न्यु होराइजन स्कुलबाट एसएलसी परीक्षा दिइरहेका बुटवल-१२ कालिकानगरका १६ वर्षीय सुदीप अधिकारी एकाएक बेपत्ता भए । तीन दिनपछि उनी बुधबार भारतको गोरखपुरमा होटलमा भाँडा माझिरहेको अवस्थामा भेटिए ।

साथीको घरमा पढ्न जान्छु भनेर सुदीप आइतबार घरबाट हिँडेका थिए । उनी अपहरणमा परेको आशंकामा आशंकामा प्रहरी र अभिभावकले खोजी तीव्र पारेका थिए । तर, कुरो अर्कै रहेछ ।

सुदीपका बुबा टंक अधिकारीले दिएको जानकारी अनुसार गणित विषयको परीक्षा दिने क्रममा समय सकिएको घण्टी लागेपछि म्याडमले सुदीपसँग उत्तरपुस्तिका मागेकी थिइन् । तर, अगाडिको बेञ्चमा बसेका सुदिपले पछाडिको बेञ्चबाट उत्तरपुस्तिका संकलन गर्न आग्रह गरे । तर, म्याडमले सुरुमा सुदीपकै उत्तरपुस्तिका थुतिन् ।

परिवारको दाबी अनुसार सुदीप पढाइमा राम्रै दख्खल राख्ने विद्यार्थी हुन् । गणितको विषयको कुल १०० अंककै प्रश्न हल गर्न लागेको तर म्याडमले कापी थुतेपछि ४ अंकको प्रश्न हल गर्न नसकेको उनले परिवारलाई बताएका छन् । यदि म्याडमले उत्तरपुस्तिका पछाडिको बेञ्चबाट संकलन गरेको भए आफूले १०० अंकको प्रश्न हल गर्ने उनको दाबी छ ।

म्याडमले उत्तरपुस्तिका थुतेपछि सुदीप घर आउँदा चिन्तित देखिन्थे । बेलुकाखेरि आमालाई साथीको घरमा पढ्न जान्छु भनेर उनी घरबाट निस्किए ।

सुदीप अधिकारी
सुदीप अधिकारी

घरबाट निस्केर सुदीप बस चढेर बेलहिया सीमामा पुगे । बेलहियाबाट घुमफिर गर्दै उनी सीमाना पारी सुनौली बसपार्कमा पुगे । बसका कन्डक्टरले गोरखपुर-गोरखपुर भन्दै चिच्याएको सुनेपछि सुदीपले गोरखपुरको बसभाडा सोधे । आफुसँग पुग्ने रकम भएकाले उनी बसमा चढे ।

गोरखपुर पुग्दा रात परिसकेको थियो । उनको गोजीमा २५ रुपैयाँ मात्रै थियो । त्यसपछि उनले होटलमा काम खोज्न थाले । २/३ वटा होटलमा काम पाइन्छ कि भनेर सोधे पनि सुदीपले काम पाएनन् ।

त्यसै क्रममा उनी एकजना नेपालीले चलाएको होटलमा पुगे । ती नेपाली व्यवसायीले आफ्नै मूलको सम्भिmएर उनलाई काम पाइने बताउँदै खाना खुवाएर सुत्ने व्यवस्था मिलाए । भोलिपल्ट तिनै व्यवसायीले सुदीपलाई अर्को होटलमा काम मिलाइदिए ।

यता नेपालबाट उनको परिवारले गोरखपुरमा पनि खोजी कार्य अघि बढायो । आफन्तको एउटा टोली गोरखपुर पुग्यो । विभिन्न रेलवे स्टेसन, मठमन्दिर र होटलहरुमा सुदीपको फोटो देखाउँदै खोजी गर्दै जादाँ उक्त टोली चलिचित्रको कथामा जस्तै सुदीपलाई खाना खुवाउने नेपालीको होटलमै पुग्यो ।

सुदीपको फोटो देखाएर सोधपुछ गर्दा ती व्यवसायीले सुदीपले काम खोजेका कारण अर्को होटलमा काम लगाइदिएको बताए । त्यसपछि सुदीप होटलमा काम गरिरहेको अवस्थामा फेला परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment