Comments Add Comment

यी हुन् पोलमा सेक्सी डान्स गर्ने हिरोईन्

हिन्दी फिल्म ‘एक पहेली लीला’मा लुंगी डान्स गरेपछि यतिबेला सन्नी लियोनीको चर्चा चुलिएको छ । कुनै समय यस्तै चर्चा पाउथ्यो फिल्ममा राखिने पोल डान्सले ।

डान्स रेष्टुरेन्टको झल्को दिने गरि बनाईको सेटमा डान्स गर्ने युवतिहरुले कम्मर मर्काउने क्रममा शरीरका भित्री बस्त्र समेत देखाईदिने भएकाले पनि यस्ता गीतमा नाच्नेहरुले बढी चर्चा पाउने गरेका छन् ।

यस्ता सेटका छेउमा स्टिलका पोल राखिन्छन् भने डान्सरहरुले बेला बेलामा त्यहि पोलमा चढेजस्तो गरेर उत्तेजक हाउभाउ प्रस्तुत गर्छन् ।

कुनै बेला पोल डान्समा तहल्का मच्चाउनेहरु को- को हुन् ? ‘टाईम्स अफ इण्डिया’ले तयार पारेको सूची यस्तो छः

poonam-pandey

हिन्दी चलचित्र ‘नशा’ बक्स अफिसमा उति सफल नभए पनि उक्त चलचित्रको लैला…बोलको गीतमा नृत्य गर्ने पुनम पाण्डेले राम्रै चर्चा पाईन् । उक्त फिल्ममा पोल डान्स गरेकी पुनमको उत्तेजक हाउभाउको आलोचना समेत भएको थियो ।

पछिल्लो समय ‘डर्टी पोल्टिक्स’ मा काम गरेकी मल्लिका शेरावतले मणिरत्नम निर्देशित गुरु लगायत केही फिल्ममा आईटम डान्स गरेकी छिन् । त्यो मध्ये पनि मल्लिकाले गरेको पोल डान्सले अलि बढी चर्चा पाएको थियो । भनिन्छ, उनलाई आईटम डान्सले नै बलिउडमा स्थापित गरायो ।

सम्मानित आईटम डान्सरका रुपमा चिनिने मलाईका अरोराले काँटेमा पहिलो पटक पोल डान्स गरेकी थिईन् । उनका कुनै पनि आईटम डान्सलाई हिन्दी फिल्मका दर्शकले निकै मन पराउँछन् ।

हिन्दी फिल्म ‘ह्याप्पी न्यु ईयर’ मा दीपिका पादुकोणले पनि पोल डान्सको सहारा लिइन् । धेरैले उनको आइटम डान्स सम्झिएपछि उनलको पोल डान्स सिन भने बिर्सिइसकेका छन् ।

Deepika-Pole

सोनल चौहानले पहिलो फिल्म ‘जन्नत’ मा उत्कृष्ट पोल डान्स गरेर एक खालको छाप छाडेको थिईन् । तर, पछिल्ला दिनमा उनले आईटम डान्सलाई नीरन्तरता दिन सकिनन् ।

मलाईका अरोराकी बहिनी अमृता अरोराले पनि केही फिल्ममा पोल डान्स गरेर बजार नतताएकी हैनन् । उनले पनि निरन्तरता दिन सकिनन् ।

अमृता अरोरा
अमृता अरोरा

हलिउडमा त पोलडान्स नगर्ने हिरोईनन् नै भटिन्नन् । प्रसिद्ध पप गायिका बि्रटनी स्पेयर्सले ‘लेदर एण्ड लेश’ बोलको गीतको भीडियोमा मज्जाको पोल डान्स गरेकी छिन् ।

‘डार्क हर्स’ म्युजिक भिडियोका लागि केट्टी पेरीले गरेको पोल डान्सको पनि निकै चर्चा भएको थियो एकताक । केट हड्सन त पोल डान्सको पर्याय नै हुन् । टाटेपाटे लुगा लगाएर बियोन्सेले गरेको पोल डान्सले पनि तरंग मच्चाएको थियो कुनैबेला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment