Comments Add Comment

विश्वकपको फाइनलका लागि म्याच अफिसियल चयन

Kumar Dharmasena and Richard Kettleborough

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले अष्ट्रेलिया मेलबर्न क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेटको फाइनल खेलको लागि म्याच अफिसियलहरु चयन गरेको छ ।

दुई सह-आयोजक राष्ट्रहरु न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच आइतबार उपाधि भिडन्त हुनेछ ।

श्रीलंकाका रंजन मदुग फाइनलको म्याच रेफ्री तोकिएका छन् । श्रीलंकाकै कुमार धर्मसेना र इंग्ल्याण्डका रिचार्ड केटरबरो अन-फिल्ड अम्पायर रहनेछन् ।

थर्ड अम्पायर दक्षिण अफ्रिकाका मराईस एरास्मस छन भने इंग्ल्याण्डका इयान गोल्ड रिजर्भ अम्पायर तोकिएका छन् ।
जारी विश्वकपको दोस्रो सेमिफाइनल खेलमा रंजन, मराईस, कुमार, रिचार्ड म्याच अफिसियल थिए ।

रंजन मदुगल यसअघि सन् २००३ को विश्वकप क्रिकेटको फाइनलमा म्याच रेफ्रीको भुमिका निभाएका थिए । अन्य म्याच अफिसियलहरुको लागि मेलबर्नको फाइनल पहिलो फाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment