Comments Add Comment

१४ करोडको गाई फार्म सञ्चालन, ५५ जनालाई रोजगारी

cow

१५ चैत, काभ्रे । काभ्रेको पात्लेखेत गाविस ८ मा रुप १४ करोडभन्दा बढीको लागनीमा गाई फाम सञ्चालनमा ल्याइएको छ ।

तीन वर्षअघि नौ करोड लगानीमा थालिएको सो गौतमश्री अग्र्यानिक एण्ड काउ फार्मर्मा हाल ३ सय ५० गाइ छन् ।

तीमध्ये ४० प्रतिशत दुहुना रहेको र फार्मबाट दैनिक एक हजार ८ सयदेखि २ हजार २ सय लिटरसम्म दूध उत्पादन हुने गरेको सञ्चालन रामबहादुर गौतमले बताए । उनका अनुसार उत्पादित दूध राजधानी काठमाडौमा विक्री हुँदै आएको अभियान दैनिकमा खबर छ ।

फार्ममा भएका गाईहरु होष्टायण्ड र जर्सी जातका हुन् । होलष्टायण्ड जातका एउटा गाईले दैनिक करिब २० देखि ३४ लिटर र एउटा जर्सी गाईले १२ देखि १६ लिटरसम्म दूध दिने गरेको गौतमले बताए । फार्ममा एक सयओटा बाख्रा र एक हजार कुखुरासमेत पालिएका छन् । फार्ममा अहिले ५५ जना कामदारले नियमित रुपमा रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment