Comments Add Comment

यी हुन् वेश्याको भुमिका निर्वाह गर्ने चर्चित नायिका

करिना
करिना

फिल्ममा अभिनय गर्छु भनेपछि यस्तो उस्तो अभिनय गर्छु भनेर छनौट गर्न पाइँदैन् । चाहे जस्तोसुकै भूमिका आवोस, गर्नैपर्छ ।

करियर बनाउँदै गरेका नायिकाहरुका लागि सवैभन्दा अप्ठेरो लाग्ने भूमिका हो बेश्या अर्थात् यौनकर्मी । कतिपयले यस्तो भूमिका गरेर निकै तारिफ बटुले भने कतिपय आलोचनाको तारो बने ।

‘चमेली’ मा अभिनय गरेर करिना कपुरले चौतफिर् प्रसंसा पाईन भने, जिन्दगी फिप्टी फिप्टी’ मा अभिनय गरेकी विना मलिकले आलोचना समेत सहनु पर्‍यो । बलिउडमा पुरानी अभिनेत्री रेखादेखि नवोदित श्रुती हसन सम्मले वेश्याको भुमिका निर्वाह गरेका छन् ।

बलिउडमा वेश्याको भुमिका निर्वाह गर्ने नायिकाहरुको वारेमा ‘टाईम्स अफ ईण्डिया’ ले तयार पारेको सूची यस्तो छ-

अभिनेत्री करिना कपुरले ‘चमेली’ मा यौनकर्मीको भूमिका निर्वाह गरेपछि निकै प्रसंसा बटुृलिन र केही अवार्डको हकदार पनि भईन् । अर्को फिल्म तलासमा पनि सेक्स वर्करकै भुमिका निर्वाह गरेकी थिईन् उनले ।

पाकिस्तानी अभिनेत्री विना मलिकले हिन्दी फिल्म ‘जीन्दगी फिप्टी फिप्टी’ मा ‘कलगर्ल’को भुुमिका निर्वाह गरेकी थिईन् । उक्त फिल्मले बक्स अफिसमा धुम मच्चाउन नकसे पनि विनाको करिअरलाई चर्चामा ल्याउन भने राम्रै भुमिका खेल्यो ।

ऐश्वर्या
ऐश्वर्या

ऐतिहासिक फिल्म भनिएको ‘उमरावजान’मा ऐश्वर्या रायले वेश्याको भुमिका निर्वाह गरेकी थिईन् । फिल्मले बक्स अफिसमा ठिकै ब्यापार गरेपनि ऐश्वर्याको अभिनयको भने गज्जबै तारिफ भयो ।

rani
रानी मुखर्जी

पछिल्लो समय ‘मर्दानी’ मा काम गरेर नेशनल अवार्ड पाएकी ले ‘लगा चुनरी मे दाग’ मा वेश्याको भुमिका निर्वाह गरेकी थिईन् । फिल्मले खासै राम्रो ब्यापार गर्न नसके पनि उनको अभिनयको तारिफ गर्नेहरु धेरै थिए ।

सञ्जयलीला भन्साली निर्देशित ‘देबदास’ मा चन्द्रमुखीको भुमिका निर्वाह गरेकी माधुरी दिक्षितको अहिले पनि सम्झना हुन्छ । माधुरीका लागि त्यही भूमिका अन्तिम बन्यो बेश्याका रुपमा । त्यसयता उनले यौनकर्मीको भूमिका निर्वाह गर्नुपरेको छैन् ।

‘चाँदनीबार’ मा अभिनय गरेर थुप्रै प्रतिष्ठित अवार्ड पाईन् अभिनेत्री तब्बुले जहाँ उनले बारमा काम गर्ने डान्सरको भुमिका निर्वाह गरेकी थिईन् ।

करिअर धर्मराउँदो अवस्थामा पुगेको बेला मनिषा कोईरालाले ‘बजार’ चलचित्रमा वेश्याको भुमिका निर्वाह गरेकी थिईन् । उक्त चलचित्रले बजारमा खासै कमाल गर्न सकेन ।

‘चोरी चोरी चुप्के चुप्के’ मा ब्यबसायिक वेश्याबृत्तिमा संलग्न महिलाको चरित्र निर्वाह गरेर निकै प्रसंसा बटुृलिन पि्रति जिन्टाले । उक्त फिल्ममा सलमानको हिरोईन बनेकी थिइन पि्रति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment