Comments Add Comment

वुड्स पहिलो पटक टप १०० मा पर्न असफल

Tiger Woods

१७ चैत, काठमाडौं । टाइगर वुड्स करियरमै पहिलो पटक शीर्ष १०० गल्फ खेलाडीमा पर्न असफल भएका छन् ।

१४ पटककमा च्याम्पियन वुड्स १९९६ मा पहिलो पटक उत्कृष्ट १०० गल्फरको सूचीमा परेका थिए ।

उनी ६८७ सातासम्म विश्वको नम्बर वन गल्फर बने, जुन आफैंमा एक कीर्तिमान हो । तर, उनी अहिले १०४ औं स्थानमा परेका छन् ।

३९ वर्षीय वुड्सले गत फेब्रुअरीमा यो वर्ष फर्मर्स इन्श्योरेन्स ओपनबाट आफ्ना नाम फिर्ता लिएका थिए । त्यसपछि उनले गल्फ खेलेका छैनन् ।

उनले ९ अप्रिलबाट सुरु हुने मास्टर्स टुनामेन्टबाट पुनरागमनको तयारी गरेका छन् ।

वुड्स यसअघि सन् १९९६ मा उत्कृष्ट १०० गल्फ खेलामडीको सूचीमा थिएनन् । त्यसबेला उनको ¥याङ्किङ २२१ थियो ।

त्यसको एक सातामा लस भेगासमा इन्विटेश्नल जितेर उनी ७५ औं स्थानमा उक्लिन सफल भए । जतिबेला उनको उमेर मात्र २० वर्षको थियो ।

वड्सले १९९७ मा यएस ओपन खेलेपछि उनी पहिलो नम्बरमा उक्लन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment