Comments Add Comment

यस्ता छन् आमा सम्झाउने म्युजिक भिडियो

mothers-day५ वैशाख, काठमाडौं । आज मातातीर्थ औंशी । नेपाली परम्परा अनुसार आज आमाको मुख हेर्ने दिन । काम विशेषले घर बाहिर रहेका छोराछोरी आमाको मुख हेर्न भन्दै भेट्न जाने संस्कार पनि सुरु भएको छ ।

जुनसुकै क्षेत्र, समुदायका र भूगोलका मान्छेले पनि आमाको श्रद्धा गर्ने कन्जुस्याइँ गर्ने गरेका छैनन् । आम नेपालीले आमालाई श्रद्धा गर्ने गरेकै कारण हुनसक्छ, चलचित्र एवं गीत संगीतमा पनि आमाको प्रसंगले राम्रै स्थान पाउने गरेको छ ।

पुरानादेखि नयाँ गायक गायिकाले समेत आमाका सन्दर्भमा उत्तिकै मर्मस्पर्शी गीत प्रस्तुत गरेका छन् । स्वर्गीय गायक  लोकबहादुर क्षेत्रीको आमा रुँदै गाउँबेसी मेलामा होस् या नेपथ्यको आमा । यस्ता गीत सुनेर रमाउनेहरु धेरै छन् ।

सरकार र माओवादीवीच सशस्त्र युद्ध भएका बेला आएको गीतादेवी र दिनेश काफ्लेको ‘भन्नु नभाको…’ बोलको गीतमा एकल महिलाको पीडा प्रस्तुत गरिएको थियो ।

केही वर्ष अगाडि बनेको चलचित्र ‘मुगलान’ मा निर्देशक शिव रेग्मीले खाडी मुलुकमा जेल परेका छोराहरुले आमालाई सम्झेको प्रसंग प्रस्तुत गरेका थिए ।

आमालाई सम्बोधन गरेर लेखिएका एवं गाइएका त्यस्ता धेरै गीत छन् ।

आमालाई सम्झाउने केही भिडियो











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment