Comments Add Comment

कुकुरले नै फरर्र अंग्रेजी बोल्न थालेपछि……(भिडियोसहित)

dogमानिसले सिधाएका शव्दहरु सुगाले जस्ताको तस्तै भनेकेा त सुनिएकै हो । तर सिक्ने र कला देखाउने मामिलामा कुकुर पनि पछि पर्दो रहेनछ । एउटा कुकुरले अहिले खुबै तहल्का मच्चाएको छ र सबैलाई आश्चर्यमा पारेको छ ।

बेलायतको चर्चित टेलिभिजन रियालिटी शोे बि्रटीस गट ट्यालेन्ट अन्तरगत यो सिजनलाई विन्डी नामको कुकुरले धमाकेदार सुरुवात गरिदिएको छ । कुकुरले स्टेजमा गएर अंग्रेजीमै बोल्न र भाका हाल्न थालेपछि रियालिटी शो का निर्णायक मण्डल तथा उपस्थित दर्शक सबै तिनछक परे ।

६१ बषिर्य फे्रन्च नागरिक मार्क मेट्रलले विन्डी नामको कुकुरसँग रियालिटी शो मा प्रस्तुत भए । उनले कुकुरसँग कुराकानी गर्न थाले । कुकुरले साँच्चीकै मान्छेकै जस्तै गरे छोँटा छोँटा एकशव्दे जवाफ फर्कायो ।

अंग्रेजी मात्र होइन कुकुरले स्पेनिस पनि बोल्यो । केही बोल्न लगाउँदा नो भन्ने कुकुर हड्डी देखाएपछि एस भनेको दृश्य झनै रोमान्चक थियो । हेरौँ कुकुरले बोलेको यो चर्चित भिडियो जसलार्य ६४ लाखले हेरिसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment