Comments Add Comment

डा. गोविन्द केसी महामारीग्रस्त जाजरकोट लागे

फाइल तस्वीर
फाइल तस्वीर

७ वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसी फ्लूको महामारी फैलिएको जाजरकोट लागेका छन् । केसी नेपालगञ्ज हुँदै जाजरकोट लागेका हुन् ।

उनी आइतबार नै जाजरकोट जाने तयारीमा रहे पनि स्वास्थ्यमा समस्या भएपछि रोकिएका थिए । उनले औषधी भने पठाइसकेका छन् ।

हालै मात्र १२ दिन लामो अमरण अनसनमा बसेका कारण केसीको स्वास्थ्यमा सुधार भइसकेको छैन । चिकित्सकहरुले महामारीग्रस्त क्षेत्रमा नजान सुझाव दिएपछि केसी जाजरकोट गएका छन् ।

सुरक्षाकर्मीहरुको चिकित्सकीय टोली पुर्‍यो

यसैबीच सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट स्वाथ्यकर्मीहरुको टोली प्रभावित गाउँमा पुगेको छ ।

Jagarkot

नेपाली सेनाको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम अर्छानी, नेपाल जनपद प्रहरीको डा.अधिकृत सहितको मेडिकल टिम पैक र सशस्त्र प्रहरीको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम कोरत्राङ्ग गाविसमा पुगेको छ । जाजरकोट जिल्ला सदरमुकामबाट सिभिल डा. सहित ६ जनाको मेडिकल टिम टालेगाउं गाविसमा परिचालन भएको छ ।

नर्भिकले शिविर चलाउने

यसैबीच बसन्त चौधरी फाउण्डेशन र नर्भिक इन्टरनेशनल हस्पिटलले जाजरकोटमा स्वास्थ्य शिविर चलाउने भएको छ । यसका लागि तीन डाक्टरसहितको टोली मंगलबार जानेछ । नर्भिकका महाप्रबन्धक रवि शर्माको नेतृत्वमा जाजरकोट जाने टोलीमा डा. पुष्प ढकाल, डा. राजीव श्रेष्ठ र डा. जस्टिन जङ्ग मल्ल छन् ।

टोलीले माझकोट गाविस शिविर चलाउनेछ । टोलीले शिविरका लागि आवश्यक पर्ने औषधि, लगायत सामग्रीहरू समेत साथै लैजाने छ । साताब्यापी शिविर मार्फत् माझकोट गा.वि.स. र अन्य आसपासका गा.वि.स. समेतलाई समेट्दै बिरामीहरूलाई सेवा पुर्‍याउने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।

फ्लूको महामारी फैलिएको जाजरकोटमा २४ जनाको मृत्यु भइसकेको छ भने सयौं विरामी परेका छन् । विरामीहरुमा स्वाइन फ्लूको संक्रमण समेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment