Comments Add Comment

इन्टरनेटबाट बैंकको पैसा चोर्ने पक्राउ

१० बैशाख, दाङ ।  इन्टरनेटमार्फत बैंक खाताको रकम चोरीमा संलग्न गिरोह खोजी गर्दै आएको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्। उनलाई वडा प्रहरी कार्यालय लमहीले मंगलबार नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको छ।
Internet-photo
ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो। कार्कीको ठेगाना दाङ मात्रै उल्लेख गरिएको छ। कार्कीसँगको अनुसन्धानका क्रममा उनले आँफू इन्टरनेट सिस्टमबाट रकम चोरी गर्ने गिरोहको सहयोगी मात्रै भएको भन्दै मुख्य नाइके मंगलबार पक्राउ परेका लमहीका पौडेल रहेको बयान दिए। कार्की कै बयानका आधारमा ब्यूरोले पौडेललाई नियनत्रणमा लिन लमही प्रहरीलाई पत्राचार गर्यो। ब्यूरोको पत्राचार अनुसार लमही प्रहरीले उनलाई नियन्त्रणमा लिएको नागरिकमा खबर छ ।

पौडेलले प्रहरीको प्रारम्भिक अनुसन्धानमा आँफूले रकम चोरी नगरेको तर बैंक खाताको रकम चोरी गर्न सक्ने सफ्टवेयरको कारोवारी भएको स्वीकारेका छन्।लमहीमा ‘रिहार इलेक्ट्रोनिक्स’ पसल गरेका पौडेलले आँफूले इन्टरनेटबाटै ह्याक गरेर बैंक खाताको रकम निकाल्न सकिने सफ्टवेयर बिक्री गरेको भएपनि आँफूले रकम भने ननिकालेको बयान दिएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले ‘बिट प्वाइन्ट’नामक दुईवटा सफ्टवेयर अमेरिकाबाट खरिद गरि काठमाडौँमा ३० हजारमा बिक्री गरेको बयान दिएका छन्।

उनले यो सफट्वेयर मार्फत बैंकिङ सिस्टममा जान सकिने र बैंक खाताको रकम ‘ट्रान्सफर’ गर्न सकिने सफ्टवेयर रहेको समेत बयान दिएका छन्। ‘उसले बैंकको खाताको रकम ट्रान्सफर गर्न सकिने डेन्जर सफ्टवेयरको कारोवार गर्दो रहेछ,’लमही प्रहरीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले नागरिकन्युजसंग भने ‘यो सफ्टवेयरबाट बैंक खाताको पैसा निकाल्न सकिन्छ भनेर उ आँफैले स्वीकारेको छ।’ प्रहरीका अनुसार उनले प्रयोग गरेको सफ्टवेयर नेपालमा प्रतिबन्धित समेत रहेको छ। पौडेलले झण्डै दुई वर्ष अघि भारतमा आँफूले कम्प्युटर सिक्ने क्रममा यो सफ्टवेयरको बारेमा सिकेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment