Comments Add Comment

भौतिक पुनर्निर्माणमा एडीबीको २० अर्ब सहयोग

ADB-ajarbaijan-meet-2
नविन अर्याल
२१ वैशाख, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले विनाशकारी भूकम्पबाट भत्किएका भौतिक संरचनाहरु पुनर्निर्माणका लागि २० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

एडीबीको अजरबैजानमा आयोजित ४८औं वाषिर्क वैठकमा नेपाललाई सहुलियत ऋण सहयोग गर्ने निर्णय भएको हो । एडीबीले यसअघि नै भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन तीन मिलियन डलर अर्थात ३० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालले भत्किएका संरचनाहरू पुनर्निर्माणका लागि २ खर्ब रुपैयाँको कोष खडा गरेको छ । उक्त कोषमा नेपाल सरकारले २० अर्ब रुपैयाँ जम्मा गरेको छ । बाँकी रकम दातहरुबाट संकलन गर्ने लक्ष्य राखिएको छ । भूकम्पबाट विभिन्न जिल्लमा लाखौं मानिसका घरहरू, विद्यालय तथा क्याम्पस, स्वास्थ्यचौकी, एेतिहासिक सम्पदा, सरकारी भवन, सडक, पुल लगायतका संरचनाहरू भत्किएर ध्वस्त भएका छन् ।

एडीबीको सहयोगसँगै सरकारको पुनर्निर्माण कोषमा ४० अर्ब रुपैयाँ पुगेको छ । महाभूकम्पले विपतमा परेको नेपाललाई आर्थिक सहयोग जुटाउन सहजता मिलोस भनेर एडीबीले अजरबैजानमा विश्वभरका दाताहरू डाकेर नेपाल साहयता फोरम आयोजना गरिदिएको थियो ।

एडीबीका विश्वभरीका दाताहरु उपस्थित फोरममा नेपालका अर्थमन्त्री डा. रामशरण महतले आर्थिक सहयोगका लागि आग्रह गरे । एडीबीले पनि विपतमा परेको नेपाल पुनर्निर्माणका लागि सहयोग गर्न दाताहरुलाई आग्रह गरेको बताइएको छ ।

एडीबीको अजरबैजान बैठक नेपालको सहयोगमा केन्द्रित रहेको हुँदा अर्थमन्त्री महत विपतमा पनि त्यहाँ पुगेका हुन् । एडीबीले विश्वभरका दाताहरुलाई एकै ठाउँमा भेला गराई नेपाललाई सहयोग माग्ने अवसर जुराइदिएको थियो ।

अर्थमन्त्री महतले एडीबीका अध्यक्ष ताकेहिको नाकाअोसँग छुट्टै भेट गरी थप सहयोगका विषयमा छलफलर गरेका थिए । महतको अाग्रहलार्इ एडीबी अध्यक्ष नाकाअोले सकरात्मक रूपमा लिएको बताइएको छ ।

ADB-ajarbaijan-meet

जापानले दाताहरुको सम्मेलन गराइदिने

सोही अवसरमा अर्थमन्त्रीले जापानी डेपुटी प्रधानमन्त्री तारो हासोसँग भेट गरे । भेटमा तारो हासोले जापान सरकारका तर्फबाट नेपालको भौतिक पुनर्निर्माणमा सहयोग जुटाउनका लागि दाताहरुको सम्मेलन गराउने प्रस्ताव गरेका थिए । जापानको उक्त प्रस्तावको स्वागत गर्दै सहयोगका लागि धन्यवाद दिए ।

यसैगरी अर्थमन्त्री महतले चीन, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान लगायतका मुलुकबाट आएका अर्थमन्त्रीहरुसँग छुट्टा छुट्टै भेट गरी सहयोगका लागि आग्रह गरेको उनका सल्लाहकार गजेन्द्र विष्टले अनलाइनखबरसँग बताए ।

नेपाललार्इ सहयोग गर्न चीन, भारत, अमेरिका, वर्ल्ड बैंक, जापान, बेलायत तथा अन्य यूराेपियन मुलुकहरू सकरात्मक रहेको अर्थमन्त्रालयले जनाएको छ अर्थमन्त्रालयका अनुसार डा. महतले एडीबीको अजरबैजान बैठक मुलुकका लागि फलदायी भएको छ ।

‘अर्थमन्त्रीले भूकम्प पीडितलाई स्रोत परिचालन गर्ने होइन, स्रोत जुटाइदिने हो, यसका लागि विभिन्न मुलुकमा पुग्नुपर्ने हुन्छ’ विष्टले भने- ‘आर्थिक स्रोत जुटाउनका लागि अर्थमन्त्रीको अजरबैजान यात्रा निकै फलदायी भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment