Comments Add Comment

५ टन माछाको मासु सहित जिउँदै पकाइयो कारखानाका कर्मचारीलाई

tuna-factory-accident

अमेरिकाको एक खाद्यान्न कारखानाका कर्मचारीलाई माछाको मासुसँग जिउँदै पकाइएको छ । लस एन्जल्सस्थित बम्बल बी फुड्सका एक ६२ वर्षीय कामदार जेस मेलेना ५ टन टुना माछा सहित कारखानाको चुल्होमा जिउँदै पकाइए ।

कारखानाको माछा पकाउने ३५ फुट लामो ओभन मर्मत गर्न मेलेना भित्र छिरेका थिए । तर उनी भित्र छिरेको अन्य कर्मचारीलाई थाहा भएन ।  उनी बाथरुममा गएका होलान् भन्ने ठम्याई अन्य कर्मचारीको थियो । त्यसैले उनीहरुले ओभनमा ५ टन टुना माछा कोचे अनि त्यसलाई पकाउन बिजुलीको स्विच अन गरे ।

उक्त इलेक्ट्रिक ओभनभित्र माछासँगै थुनिएका उनी ऐया पनि भन्न नपाइकन १ सय ३२ डिग्री सेल्सियस तापक्रममा माछासँगै पाके ।

जब माछा पाकेपछि दुइ घण्टापछि बिजुली बन्द गरेर ओभन खोलियो तब सबै कर्मचारी झसँग भए । किनकी ओभनभित्र पाकेका माछासँगै आफ्ना साथी कर्मचारी मेलेनाको शव पनि थियो ।

उक्त घटनापछि प्रहरीले कम्पनीका अपरेसन निर्देशक तथा सुरक्षा व्यवस्थापकलाई पक्राउ गरेको छ । उनीहरुमाथि ३ वर्षको जेल सजाय तथा १ लाख ६३ हजार पाउण्ड जरिवाना हुनसक्ने एक्सप्रेस डट को डट युकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment