Comments Add Comment

बारपाकमा नन्दकुमारीले छोरो जीवित भेटिएको सुनाइन्

दुर्गा अधिकारी

वैशाख १२ गते गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले धनजनसहित भौतिक संरचना, सांस्कृतिक धरोहर समेतमा क्षति पुगेको छ । भूकम्पको क्षतिबारे गोर्खाका केही नजिकका गाविसको रिर्पोटिङ् गरेर चित्त बुझेन । मनले बारपाक नै जाने निधो गर्‍यो ।

एक्लै जान भनेर तयारी गरिरहेका बेला वैशाख १७ गते गोर्खाको गाखुँमा राहत सामग्री हस्तान्तरण गर्ने सन्दर्भमा अमेरिकन नागरिक नार्थन डेमेस्सँग चिनजान भयो । वारपाक जानका लागि साथी खोजी रहेका बेला उनले पनि बारपाक जाने विचार गरेको बताए । सुरुमा जानका लागि ४ जनाको टिम तयारी भयो । हिँड्ने दिन वैशाख १९ गते हामी दुई जनामात्र भयौं ।

दुर्गा अधिकारी
दुर्गा अधिकारी

जान त जाने, केमा जाने ? एक दिनमा पुग्न सकिन्छ कि सकिँदैन ? बाटो बिग्रेको होला । कति समय लाग्ला ? गोर्खाका केही पत्रकार साथीसँग सल्लाह लिएँ । त्यसपछि हामी बालुवासम्म वाइकमा जाने निर्णय गर्‍याैं । विहान ६ बजे हामी पोखराबाट हिँड्यौ ।

करिव ६ घण्टाको यात्रापछि हामी सिम्जुङ्गको बालुवा बजारमा पुग्याैं । केहीबेर सिम्जुङ्गका बासिन्दासहित छिमेकी गाउँबाट भोको र मैलो पहिरनमा राहत पर्खेर बसेका नागरिकहरुसँग कुराकानी गर्यौं । रातिसम्म बारपाक पुग्ने हाम्राे लक्ष्य भएका कारणले हामी केहीबेरको कुराकानीपछि बालुवा बजारलाई बाईवाई गर्दै पुल तरेर बारपाकतर्फ लाग्यौं ।

पुलबाटै सिधा अगाडि देखिने डाँडो भिर खसेर बाटो बन्द भएको थियो । बाटो पहिल्याउँदै अलि तल खोलाको किनारै किनार हामी दिउँसो १ बजे चर्केको घाममा हिँड्दै थियौं । बालुवा बजार आसपास र त्यहाँबाट देखिने भत्किएका उराठ गाउँहरुले मनलाई चर्काएको थियो । भत्किन ठिक्क परेको अग्लो भीर देख्ने बित्तिकै पाइला छिटो छिटो चाल्ने र समथल भूभाग देखेपछि आराम गर्ने हाम्रो योजना अनुसार हामी अगाडि बढ्यौ ।

Barpak-earthquake-center-of-nepal
करिव ४५ मिनेटको हिँडाइपछि मान्द्रेमुनि झारखोलाका पप्लु गुरुङ्गसहित दुई बुढाबुढी भेटिए । पप्लुसँग केही कुरा गर्न खोज्दा फेरि भूकम्पको धक्का महसुस भयो । हामी सबैजना बसेको स्थानबाट केही पर भाग्यौं ।

मान्द्रे वडा नम्वर २ का गणेशबहादुर गुरुङ्ग भत्किएको घर हेर्न नसकेर तल झरेका रहेछन् । केहीबेरको कुराकानीपछि उनीहरुबाट हामी विदा भएर बाटो लाग्यौं । रुखको जरा अनि ढुङ्गा समाउँदै करिव २ घण्टाको हिँडाइ पछि हामी मान्द्रे पुग्यौं, जहाँ ८ जनाको ज्यान गएको थियो ।

ढुङ्गा माटो माथिबाट खसिरहेको जोखिमपूर्ण यात्रा सक्ने वित्तिकै छरपष्ट भत्केको छानो तलैबाट देखियो । टीनमाथि जोगिएर हिँड्नुपर्ने बाध्यता रहेको मान्द्रेगाउँ । एउटा पनि बाँकी नराखी सखाप पारेको वस्ती देख्दा उराठ लाग्यो ।

ढुङ्गा माटो माथिबाट खसिरहेको जोखिमपूर्ण यात्रा सक्ने वित्तिकै छरपष्ट भत्केको छानो तलैबाट देखियो । टीनमाथि जोगिएर हिँड्नुपर्ने बाध्यता रहेको मान्द्रेगाउँ । एउटा पनि बाँकी नराखी सखाप पारेको वस्ती देख्दा उराठ लाग्यो । अलि माथि एकजना पुरुष, दुई बच्चा र दुई जना महिला देखिए । हामी त्यतैतिर लाग्यौं । वारपाक मान्द्रे वडा नम्वर-२ कि सुतमाया गुरुङ्ग (७१) भत्किएका घरभित्र पुरिएको सामान खोजीरहेकी थिइन् । ८ दिनदेखि पुरिएको सामान खोज्नु नै उनको दैनिकी रहेछ । सुरुका दुई दिन त उनले केही काम गर्न पनि सकिनन् ।

वस्ती मात्र होइन, मान्द्रे वरपरको जमीन सबै भासिएको थियो भने खेतमा लगाएको खेतीवाली आशा गर्न सक्ने अवस्थाको थिएन । मान्द्रे-२ की सरिता गुरुङ्गले आफूलाई अब खाना र नानाको भन्दा पनि आफ्ना बालबालिकाको भविष्यको चिन्त्ाा लागेको बताइन् । विद्यालय पनि भूकम्पका कारण ध्वस्त छ, घरभित्र पुरिएका केही सामान निकाल्ने प्रयास गर्दा सरिता धुलाम्मे भएकी थिइन् ।

उनी सँगको कुराकानीपछि हामी उकालो लाग्यौं बारपाकतर्फ । मान्द्रेबाट करिव ४५ मिनेटको उकालो उक्लेपछि पुगिने बारपाक क्षेत्रको सम्पूर्ण जमीन भासिएको थियो । भाँसिएको जमिनमाथि टेक्दै, पाइला अगाडि बढाउँदै अनि बाटोभरि कुरा गरिएका पीडितहरुको कथा, व्यथा, भोगाइ र अनुभव चित्रण गर्दै बारपारको नजिकै पुगियो । उकालो सकिनै लाग्दा शोकमा लगाइने मैलो सेतो परिरनमा भारीसहित भेटिए धनबहादुर घले (४५) । इण्डियन आर्मीमा कार्यरत उनी आफुलाई जन्मदिने आमा गुमाएको खबर पाउने वित्तिकै फर्केका रहेछन् ।

वारपाक मान्द्रे वडा नम्वर-२ कि सुतमाया गुरुङ्ग (७१) भत्किएका घरभित्र पुरिएको सामान खोजीरहेकी थिइन् । ८ दिनदेखि पुरिएको सामान खोज्नु नै उनको दैनिकी रहेछ ।

गाउँमा केही पनि राहत र सहयोग नपाएपछि उनी केही सामान बजारबाट खोजेर गाउँतिर फर्केका रहेछन् । पानी पर्न लागेको र साँझ पनि परिसकेको कारण हामी आजको रात बिताउने विश्राम गर्ने ठाउँको खोजीमा हिड्यौं । हुन त हामी आफैले टेण्ट र सिलिपिङ्ग ब्याग लिएर गएका थियौं । बस्नका लागि नार्थन खुल्ला चौर हेर्दै थिएँ । मलाई भने बारपाक पुग्ने बेलासम्म वीच बाटोमा महसुस गरिएको भूकम्पको धक्का अनि घरपरिवारको चिन्ताले कुनै परिवार सँगै बस्न पाए हुन्थ्यो जस्तो लागेको थियो । गाउँ, वस्ती र त्यहाँका पीडितलाई निल्यादै थिएँ ।

एकजना वारपाक वडा नम्वर ७ की सन्तमाया घलसँग मेरा आँखा जुधे । मैले नमस्कार गरें अनि हाम्रो बारेमा जानकारी गराएँ । मलाई बाहिर पिँढी वा आँगनमा मात्र बस्न दिए हुन्थ्यो जस्तो लाग्दैथियो । केहीबेरको कुराकानीपछि उनले हामीलाई आफुहरु जस्तो ठाउँमा बस्छन्, त्यस्तै ठाउँमा बस्नलाई आग्रह गरिन् ।

त्यतिबेलासम्म ७ बजिसकेको थियो । रेडियोमा खबर गरें । फोन सम्र्पक भयो । त्यसपछि त्यही घरमा रहेका ५ जनासँग तत्काल प्रत्यक्ष कुराकानी गरायौं । करिव ४० मिनेटको प्रत्यक्ष प्रसारणपछि हामीले उहाँहरुलाई खाना खान आग्रह गर्‍यौं, उनीहरुले हामीलाई पनि खानाका लागि अनुरोध गरे तर हामीले चाउचाउ लगेका थियौं । उनीहरुले खाना खाइसकेपछि हामीले चाउचाउ उमालेर खायौं । चिसो बढेको कारण दिदीले भित्रै चुलो ल्याउनुभयो, अनि बारपाकको बारेमा विस्तार गर्नुभयो । वडा नम्वर ९ मा रहेको घर पुरै भत्किएर पुरिएपछि उनीहरु त्यहाँ ठूलो दाइका घरमा सरेका रहेछन् । विनासकारी भूकम्पले गाउँ नै सखाफ पर्दा पनि उनका आमा बुवा र आफन्त सकुशल रहेकोमा भाग्यलाई जस दिइन् उनले ।

रातभरि दिदीबहिनी कुरा गर्दै पल्टियौं तर, रातमा बेलाबेलामा आएको भूकम्पको धक्काले भने झस्काइरहृयो । भोलिपल्ट बिहानै आँखा खुले । चिसोका कारण चिया खान मन लाग्यो । दिदीले चिया पकाइन् । चिया पिएर उनी जंगलतिर लागिन् । हामी गाउँको वस्तुस्थिति हेर्न र बुझ्न अनि रिपोटिङ्ग गर्नतर्फ लाग्यौं । मैले बेलुकै हामी बसेको घरको भाइलाई पीडित सहित, समाजसेवी, उद्धारकर्ता र राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिलाई जम्मा गर्न अनुरोध गरेकी थिएँ । भाइले विद्यालयको पाङ्गगणमा पीडित र झिनो आशामा बाँचेकाहरुलाई बोलाएका रहेछन् । हामीले पनि बाटोमा हिँड्दै गर्दा देखिएका जतिलाई बोलाउँदै गयौं ।

घरबाट बारीका कान्ला हुँदै बाक्लिएको वस्तीतिर लागियो । त्यसपछि विनाबाटो भत्किएका घरका जस्तापाता र ढुङ्गा अनि काठमाथि हिँड्दै थियौं घटनाबाट परिवार गुमाएकाहरु एकपछि अर्को गर्दै देखिए । साढे सात बजेदेखि रेडियो सफलतामा प्रत्यक्ष प्रशारण सुरु भयो । ४५ मिनेटसम्म ।

घटना भएदेखि उद्धार कार्यमा संलग्न स्थानीय जितबहादुर घले, गाविस सचिव चेतप्रसाद अम्गाई, घटनामा परिवारका ३ सदस्य श्रीमती, आमा र छोरा गुमाएका सुमबहादुर गुरुङ्ग, स्थानीय व्यवसायी शीतल गुरुङ्ग, स्थानीय लालबहादुर गुरुङ्ग, खिमराज घले, बारपाक महिला समुहका सदस्य नन्दकुमारी गुरुङ्ग लगायतका नागरिकहरुको भोगाइ अनुभव र विश्लेषणलाई आम नागरिकसँग रेडियोको माध्यमबाट जोड्यौं ।

पर्यटकीय गाउँ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचय बनाएको गाउँको पहिचान गुमेकोमा चिन्तित थिए । मनबहादुर घले (३७) ले सानीआमा घर भत्किँदा पुरिएर गुमाए । शोकमा रहेका उनले भने- भोलि गाउँमा को बस्छ, अनि आफ्नो जन्मस्थानको संरक्षण कसले गर्छ, दीर्घकालीन योजना अनुसार बारपाकलाई बनाउनुपर्छ ।

नन्दकुमारी गुरुङ्गले छोरा रोहितलाई पुरिएको १२ घण्टापछि जिवितै उद्धार गरेको कहानी सुनाइन् । युवालाई गाउँमै बसाल्ने सोचले खोलिएको शीतल गुरुङ्गको एसजी हिमालयन हर्वल तथा अर्गानिक फर्म पुरै ध्वस्त भएको हेरियो । सबै सामान पुरिएको छ । सवै हेरिसकेपछि वारपाकको ७ नम्वर वडा बढी क्षति भएको जस्तो महसुस मैले गरें । यतिबेलासम्म विहानको ११ बजिसकेको थियो । वारम्बार घरबाट फोन आयो, दबाव र अनुरोधसहित त्रास मिसिएको आवाजमा छिटो र्फकन आग्रह गर्नुभयो । सोही दिन पोखरासम्म पुग्नका लागि हामी हिँड्नुको विकल्प थिएन । अनि हामी बारपाकबाट फक्र्याै ।

हल्लामा सुनिएको क्षतिको विवरण भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाक स्वयं आफैले देख्दा बल्ल पत्यार लाग्यो । सडक कतै पहिरो गएका त कतै धाँजा फाटेका । वस्ती बस्ती भत्केर ध्वस्त । बाटोमा र्फकदा लाग्थ्यो बर्षा भएपछि बाढीले झनै विषत् ल्याउँछ । सडक सुधार नै पहिलो आवश्यकता जस्तो लाग्यो । सडक मर्मत भएपछि राहत पुर्‍याउन पनि सजिलो हुने, पुर्ननिर्माण गर्न पनि सजिलो हुने निष्कर्ष निकाल्यौं ।

मान्द्रेमा आएपछि हामीले सामान्य घाइते पीडितहरुलाई भेट्ने भनेर भत्किएको बस्ती भन्दा उनीहरु बसेको ठाउँ मान्द्रे भन्दा १० मिनेट तलतिर झर्‍यौं । त्रिपालमुनि पुरिएको ठाउँबाट निकालिएकाजस्ता देखिने धुलाम्मे कपडा र पुराना भाँडाकुडाहरु टाढैबाट देखिए । काम गर्न सक्नेहरु पुरिएकै घर खोतल्न पुगेका थिए भने नसक्ने बृद्ध र बालबच्चामात्र भेटिए । अबोध बालबालिका हामीलाई देखेर रमाए ।

त्यसैवीचमा सरिता दिदी भेटिइन्, उनको बच्चा ज्वरोले निस्लोट रहेछ । हामीसँग रहेको सामान्य मेडिसिन उसलाई दियौं । एक छिनको कुराकानीपछि हामी त्यहाँबाट बाटो लाग्यौं । त्यहाँबाट बालुवासम्म आइपुग्न हामीलाई साढे दुई घण्टा लाग्यो । जादाँ भन्दा र्फकदा बाटोमा आहोर दोहोर गर्नेको उपस्थिति बाक्लो थियो । बाध्यताले बालबालिका, सुत्केरी महिलादेखि वृद्धसम्म जोखिम मोलेर कोही राहत पाउने आशमा झर्दै थिए भने कोही केही बोकेर र्फकदै थिए ।
मेरो मनस्थितिमा त्यो दृश्य सँगै अधिकांश व्यक्तिले “हाम्रा लागि केही त गर्नुस् है” भनेको अनुरोधले झस्काइरहृयो । साढे ४ बजे बालुवा आइपुगेका हामी साढे १० बजे पोखरा पुग्यौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment