Comments Add Comment

भूकम्पले १५ प्रतिशत पर्यटकीय गन्तव्य क्षतिग्रस्त

sagarmatha-diwas

१५ जेठ, काठमाडौं । पर्यटनमन्त्री कृपाशुर शेर्पाले भूकम्पले नेपाली पर्यटन क्षेत्रमा धेरै क्षति नपु¥याएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन विभागले  राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालका अधिकांश गन्तव्य सुरक्षित रहेको बताएका हुन् ।

‘भूकम्पले १५ प्रतिशत गन्तव्यमा क्षति पु¥याएको सुनेको छु, बाँकी ८५ प्रतिशत गन्तव्य अझै सुरक्षित छन्’ मन्त्री शेर्पाले भने– ‘क्षतिग्रस्त गन्तव्यका भौतिक संरचना पनि पुनर्निर्माणमा जटिरहेका छौं ।’

वैशाख १२ गते गएको भूकम्पले काठमाडौं, लाङटाङ, मनास्लु, गोसाईंकुण्ड, गौरीशंकर, दोलखा लगायतका पर्यटकीय क्षेत्र क्षतिग्रस्त भएका छन् । खुम्बु क्षेत्रमा रहेका केही लज तथा भौतिक संरचनाहरु भत्किएपनि ठूलो क्षति पुगेको छैन ।

राजधानीमा रहेका केही सम्पदाहरु भत्किएपनि अझै धेरै सम्पदाहरु पर्यटकका लागि सुरक्षित रहेको मन्त्री शेर्पाले बताए । ‘नेपाल भ्रमणका लागि असुरिक्षत रहेको सन्देश विदेशी मुलुकमा फैलिएको छ’ उनले भने– ‘हामीले हाम्रा पुरातात्विक धरोहर र पर्यटकीय गन्तव्य जिवितै रहेको कुरा फैलाउनुपर्छ ।’

नेपलाको पर्यटन प्रवद्र्धनका लागि सरकारले १९ जना स्वदेशी विदेशी नागरिकलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । सद्भावना दूतमार्फत नेपाल सुरक्षित गन्तव्य रहेको यथार्थ कुरा अन्तर्राष्ट्रिय जगतमा फिँजाइने मन्त्री शेर्पाले बताए । उनीहरुको प्रमुख काम नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन हुनेछ ।

मन्त्री शेर्पाले निजी क्षेत्रको उत्थानका लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । ‘सही समयमा सहि निर्णय गरिहाल्नुपर्छ, ढिला गरेको निर्णय सही भएपनि त्यसले अर्थ नराख्न सक्छ’ उनले भने– ‘म रहुञ्जेल मेरो साथ पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रको उत्थानमा हुनेछ ।’

पर्यटन सचिव सुरेश कुमार श्रेष्ठले भूकम्पपछि ध्वस्त भएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किन लागेको बताए । नयाा पर्यमन्त्री आएपछि नेपाल वायुसेवा निगम महाप्रबन्धक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्ती गर्ने निर्णय गरिसकेको बताउँदै अब नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृतको पनि पदपूर्तिमा पहल गरिने बताए ।

पहिला बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा नियावली बाधक भएपनि संशोधित नियमले बाटो खुला गरिदिएको सचिव श्रेष्ठले बताए । उनले पर्यटन व्यवसायीलाई एक भएर पर्यटन प्रवद्र्धनमा लाग्न पनि आग्रह गरेका छन् ।

‘पछिल्लो समय जेटीसीसीमा दरार आउन थालेको सुनेको छु’ श्रेष्ठले भने– ‘यस्तो बेलामा फुटेर हैन, जुटेर अगाडि बढ्नुपर्छ ।’

पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले संकटमा परेको पर्यटन क्षेत्रलाई जतिसक्दो चाँडो माथि उठाउनुपर्ने बताए । पर्यटन पुनरुत्थानका लागि सरकार व्यवस्थित योजना बनाएर अगाडि बढ्न लागेको उनको भनाई छ ।

मुलुकका केही पर्यटकीय गन्तव्य भूकम्पले प्रभावित भएपनि अझै घुमफिरका लागि धेरै ठाउँ सुरक्षित अवस्थामा रहेको गौतमले बताए । यी क्षेत्रहरुको प्रचार–प्रसार गरेर तत्काल पर्यटक भित्राउने काममा जुट्नुपर्ने उनको भनाई छ ।

नेपाल ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले पर्यटन पुनरुत्थानमा निजी क्षेत्र पनि तातेको बताए । उनले पुनरुत्थानको नाममा आफ्नो संस्कृति मेटाउन आफुहरु तयार नभएको बताउँदै त्यसो गरेको खण्डमा संघर्षमा उत्रिने चेतावनी दिए ।

‘सत्ताको पछाडि दौडिएर निजी क्षेत्रलाई पन्छाउन खोजिएमा फेरी आन्दोलनमा उत्रिन्छौं’ धमलाले भने– ‘मुलुकको पर्यटन विकासमा सरकार निजी क्षेत्र आपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।’

सगरमाथामा पहिलो पटक आरोहण गरेको आज ६२ वर्ष पुगेको छ । यही दिनलाई सम्झँदै सरकारले सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ । यही क्रममा आज नेपालसहित विश्वर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment