Comments Add Comment

भारुसँगको स्थिर विनिमयदर हटाउन नहुने पूर्वगभर्नरको जोड

१५ असार, काठमाडौं । पूर्वगभर्नर डा. युवराज खतिवडा र कृष्णबहादुर मानन्धरले भारतीय मुद्रासँगको स्थिर बिनिमय दर परिवर्तन गर्न नहुने बताएका छन् ।

icकूल आयातको दुइतिहाइ आयात भारतसँग रहेसम्म मभारुसँगको स्थिर बिनिमयदर खुल्ला बनाउन नहुने उनीहरुको तर्क छ । हाल भारतीय सय रुपैयाँ बराबर १ सय ६० नेपाली रुपैयाँ स्थिर बिनिमयदर तोकिएको छ ।

मंगलबार नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाजको संयुक्त आयोजनामा आर्थिक पत्रकारहरुलाई दिँदै डा. खतिवडाले भारुसँगको स्थिर बिनिमयदर परिवर्तन गर्दा अर्थतन्त्रमा समस्या हुने बताए । गभर्नर नियुक्त हुनेवित्तिकै भारुसँगको स्थिर बिनिमय दर पुनरावलोकन गर्नपर्छ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका खतिवडाले यस विषयमा धेरै बोल्न चाहेनन ।

भारुसँग नेपाली मुद्राको स्थिर विनिमयदर पहिलो पटक २०१७ सालमा स्थिर गरिएको हो । त्यसपछि पटक पटक गरी करीब ८ पटक विनिमयदरमा परिवर्तन गरिए पनि स्थिर विनिमय दर भने कायमै रहेको छ । योे आव ०४८/४९ मा कायम गरिएको विनिभय दर हो ।

पूर्व कामूगभर्नर मानन्धरले भारुसँगको स्थिर विनिमयदर धेरै हदसम्म ठीक भएको बताए । तालिममा विभिन्न सञ्चारमाध्यमका ३० आर्थिक पत्रकार सहभागि थिए ।

स्रोतव्यक्तिहरुले पुँजीगत खाता पूर्णपरिवत्य नहुदा विदेशबाट कर्जा ल्याउन समस्या भएको पनि जानकारहरुले बताए । विद्यमान व्यवस्था अनुसार विदेशबाट कर्जा ल्याउनका लागि भरपर्दो स्रोत चाहिनुका साथै झण्झटीलो प्रक्रिया रहेकाले अपेक्षित रुपमा आउन नसकेको उनीहरुको तर्क थियो ।

लुम्बीनी बैंकका प्रमुख कार्यकारी अधिकृत सोभनदेब पन्तले नेपालमा आधिकारिक तथ्यांकको अभाव रहेको बताए । सरकारी निकायबाट सार्वजनिक तथ्यांक पनि फरक हुने गरेको बताउदै उनले भने, ‘तथ्यांकिय एकरुपता नभएको अवस्थामा कसरी भविष्यका लागि नीति तथा कार्यक्रम बनाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment